मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेख गाँउपालिकाका सार्वजनिक बस प्रयोग बिहिन

मेल्लेख गाँउपालिकाका सार्वजनिक बस प्रयोग बिहिन


अछाम : जिल्लाको मेल्लेख गाँउपालिकाका सार्वजनिक बस प्रयोग बिहिन भएका छन् । बिगत १ बर्ष देखि सार्वजनिक बसहरु प्रयोग नभएर थन्किएका छन् ।

पालिकाकाले त्यस क्षेत्रका जनतालाई यातायातमा सहजता होस् भनेर सार्वजनिक बस सेवा सुरु गरेको थियो तर एक बर्षमै बसहरु प्रयोग बिहिन भएका हुन् ।

मेल्लेख गाँउपालिका देखि अन्यन्त्र जान र आउन पालिकाबासीलाई सहजता होस् भनेर बस सेवा सुरु गरिएपनि दिगो हुन सकेन् ।

गाउँपालिकाको ७७ लाखमा दुई बस खरिद गरी २०७७ कार्तिक २६ गते सार्वजनिक बस सेवा सञ्चालन ल्याएको थियो । एक बर्षमै बसहरु ग्यारेजमा थन्किएका पालिकाबासीले आरोप लगाएका छन् ।

पालिकाका स्थानिय बिरेन्द्र खड्काले जनताले तिरेको करबाट राज्यको करोडौ पैसा खर्च गरेर जनतालाई सेवा दिन खरिद भएका बस प्रयोगमा नआउनु दुखद भएको बताए ।

उनले बस कसैको व्यक्तीगत घरमा र ग्यारेजमा थन्काउनको लागि किनिएको हो की जनतालाई सेवा दिन हो भनेर प्रश्न गरेका छन् ।

यता गाँउपालिकाका प्रमुख प्रशासकीय अधिृकत धुर्व सापकोटाले भने एक बस बिग्रिएर थन्किएको र अर्को बस चालकले घरमा लिएर राखेको बताए ।

चालकलाई पटक पटक भन्दा पनि बस पालिका नपुर्याएकाले आज चिठी नै काटेर निर्देशन गरिएको अधिकृत सापकोटाको भनाई छ । चालकको तलब समेत रोक्का गरिएको उनको भनाई छ ।

यस्तै यस बिषयमा थप जानकारी लिन गाँउपालिका अध्यक्षलाई सम्पर्क गर्दा उनको फोन उठेन् ।