मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा समस्याको समाधानमा नगर सरकार प्रतिबद्ध छ : उप-प्रमुख रावल

युवा समस्याको समाधानमा नगर सरकार प्रतिबद्ध छ : उप-प्रमुख रावल


अछाम: पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख हर्क बहादुर रावलले युवाहरूको क्षमता अभिवृद्धि गर्न अग्रसर रहेको बताएका छन् ।

शुक्रवार विनायकमा भएको युवा नीतिको आवश्यकता महत्त्व तथा युवा केन्द्रित बजेट निर्माण सम्बन्धी अन्तर्संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।  पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढ्दो भएकाले त्यो रोक्न युवाहरूलाई स्वदेशमै केही उद्यम गर्न आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने उनले बताएका छन् ।

कार्यक्रममा बोल्दै सहभागी जनक अधिकारीले व्यवसायमा संलग्न युवाहरूलाई प्रोत्साहन गर्न तर्फ नगरपालिका कुनै चासो नदिएको बताएका छन् । आफू विगत लामो समय देखी कृषि क्षेत्रमा निकै सक्रिय रहेको तर आफूले व्यवसाय बिस्तार गर्न नगरपालिकामा प्रपोजल पेस गर्दा पनि कुनै वास्ता नभएको उनले गुनासो गरेका छन् ।

कार्यक्रमका अर्का सहभागी सागर देवकोटाले नगर सरकारद्वारा सञ्चालित विकासे योजनामाकोटेसन गर्ने परिपाटीको अन्त्य गरी युवहरुले प्रत्यक्ष काम गर्न पाउने प्रावधान गर्नुपर्ने बताएका छन् । नगरपालिकाबाट विनियोजन गरिएको बजेटमा कोटेसन गर्दा युवाहरू काम गर्न पाउनबाट वञ्चित भएको उनको भनाई थियो ।

कार्यक्रममा वाक नेपालका रमेश रावल , जानकी कडायत , खकेन्द्र बडुवाल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजीकरण पत्रकार भानु ढकाल र दिनेश केसीले गरेका थिए ।