मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघिय सरकारको बजेटमा अछामलाई उपेक्षा

संघिय सरकारको बजेटमा अछामलाई उपेक्षा


अछाम : संघिय सरकारले आर्थिक बर्ष २०८०८१ को लागि बजेट सार्वजनिक गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा। प्रकाश सरण महतले सोमबार सार्वजनिक गरेको बजेटमा अछामलाई उपेक्षा गरेको देखिएको छ ।

९५ पेज रहेको बजेट भाषणमा अछामको नाम एक लाईनमा मात्रै देखिएको हो । अछाम जिल्लामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने भनेर एक लाईनमा मात्रै जिल्लाको नाम बजेट भाषणमा समेटिएको पाईएको हो ।

संघिय सरकारले सुदुर तथा कर्णाली प्रदेशलाई बजेटमा हरेक सयम उपेक्षा गर्दै आएको छ । यसपटक पनि अछामलाई बजेटमा उपेक्षा गरेको पाईएको हो ।

यसपटक पनि अछामका गौरवका योजनाहरुमा बजेट बिनियोजित हुन सकेन् । सेती लोकमार्ग, जंगलघाट चिसापानी सड्क, बुढीगंगा हाईड्रोपावर, रामारोशन पर्यटकिय क्षेत्र लगायतका क्षेत्रमा बजेट बिनियोजित हुने अपेक्षा यस क्षेत्रका नागरिकको थियो । तर नागरिकको आशा निराशामा मात्रै परिणत भएको छ ।

अछामका ठुला र गौरवका योजनाहरुमा समेत बजेट बिनियोजित नहुन दुखद भएको यस क्षेत्रका नागरिकको प्रतिक्रिया रहेको छ ।

अछामबाट प्रतिनिधी सभामा २ जना र राष्टिय सभामा एक जना सांसदले प्रतिनिधित्व गरेका छन् । प्रतिनिधी सभामा क्षेत्र नं। १ बाट पूर्व मन्त्री समेत रहेका शेर बहादुर कुवँर र क्षेत्र नं। २ बाट पुष्प बहादुर शाह तथा राष्टिय सभामा तारामान स्वाँर छन् ।