मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा लम्पी स्किन नियन्त्रण गर्न पशु प्राविधिक गाउँघरमा

पञ्चदेवल नगरपालिकामा लम्पी स्किन नियन्त्रण गर्न पशु प्राविधिक गाउँघरमा

पञ्चदेवल नगरपालिकामा खोप अभियान प्रभावकारी बन्ने विश्वास


अछाम: नेपालमा अहिले गाई गोरुमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । क्याप्री पक्स भाइरसको सङ्क्रमण बाट विशेष गरी गाईमा लाग्ने यो रोग अछाममा पनि फैलिएको छ । जिल्लाका केही स्थानीय तहहरूले यो रोग नियन्त्रण तथा रोकथामका लागी थप पशु स्वास्थ्य प्राविधिक परिचालन गरेका छन् । 

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा लम्पी स्किनले भयावह रूप लिँदा पशु सेवा  शाखाबाट रोग नियन्त्रणका लागी विशेष अभियानको थालनी गरेको पशु सेवा शाखा संयोजक प्रेम जैसीले जानकारी दिए । नगरपालिकाले थप पशु स्वास्थ्य प्राविधिक परिचालन गर्दै नौ वटै वडामा खोप अभियानको थालनी गरेको उनको भनाई छ ।

पशु सेवा शाखा विनायकका अनुसार पालिकाका सम्पूर्ण वडामा गोरु तथा गाई हरूमा सङ्क्रमण फैलिएको र करिब ६० प्रतिशत गोरुहरू सङ्क्रमित भएका छन् ।रोग नियन्त्रणका लागी खोप प्रभावकारी उपचार भएकाले खोप अनिवार्य लगाउन नगरपालिकाले अनुरोध गरेको छ ।

अफ्रिका महादेशमा उत्पत्ति भएको यो रोग सन् २०१२ पश्चात् मध्यपूर्व,दक्षिण पूर्वी युरोप हुँदै सन् २०१९ मा एसियाको बङ्गलादेश चिन हुँदै भारतमा समेत फैलिएको थियो ।

नेपालमा २०७७ सालको साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । गाई भैँसीमा यो रोग देखा परेमा ज्वरो आउने,झोक्राउने,दानापानी कम खाने,दूध उत्पादन घट्ने,छालामा गिर्खा देखिने,ओठ मुख र नाकभित्र घाउ देखिने,आँखा र नाक बाट अत्यधिक मात्रामा तरल पदार्थ आउने,र्‍याल काढ्ने,लिम्फनोडहरु सुनिने र अन्त्यमा मृत्यु हुने लक्षण देखा पर्छन् ।

लामखुट्टे किर्ना र भुसुना जस्ता कीराहरूले यो रोगको विषाणु रोगी पशुबाट स्वस्थ पशुमा सार्ने गर्छन् ।