मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षा शाखा प्रमुखले मान्छेलाई जङ्गली भनेपछि…

शिक्षा शाखा प्रमुखले मान्छेलाई जङ्गली भनेपछि…

मान्छेलाई जङ्गली भन्दा मैले गल्ती गरे क्षमा प्रार्थी छु : शिक्षा शाखा प्रमुख रावल


अछाम : जिल्लाको मंगलसेन मङ्गलसेन नगरपालिकाका शिक्षा शाखा प्रमुखले फोन संवादका क्रममा आफ्नो जिम्मेवारी बिर्सेपछि सामाजिक सञ्जाल तातेको छ । शिक्षा शाखा प्रमुख जगत रावलले सत्ता र शक्तिको दम्भ देखाउँदै मान्छेलाई जङ्गलीहरू भन्दै थर्काएका छन् ।

मङ्गलसेन नगरपालिका वडा नम्बर १२ ठाँटीखाँदको वाल विकास केन्द्रको विषयमा सोही ठाउँका स्थानीय गणेश शाहलाई थर्काउँदै त्यस ठाउँका मान्छे जङ्गली र अनपढ भन्दै अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना हुन थालेको हो ।

स्थानीय गणेश शाहीका अनुसार ठाँटीमा सञ्चालन हुँदै आएको वाल विकास केन्द्रको कोटा नगरपालिकाले कटौती गरिदिएपछि बुझ्न खोज्दा शिक्षा शाखा प्रमुख बाटै तुच्छ अभिव्यक्ति आएको हो । नम्र भाषामा सवाल गर्दा यती सम्मको लज्जास्पद जवाफ आउला भन्ने आफूले कल्पना समेत नगरेको शाहीको भनाई छ ।

यता शिक्षा शाखा शाखा प्रमुख रावलले फोन संवाद आफ्नो व्यक्तिगत कुरा भएको बताएका छन् । आफू नगरपालिका सँग जोडिए पनि नितान्त व्यक्तिगत ढङ्गबाट फोन संवाद गरेको उनको भनाई छ ।

कुराकानी गर्दा कहिलेकाहीँ तलमाथि हुने भएकाले बोल्दा बाल्दै चिप्लिएर केही गलत भएको उनले स्विकारेका छन् । आफूलाई आत्मालोचना गर्दै माफी समेत मागेको शिक्षा शाखा प्रमुख रावलको भनाई छ ।

त्यस ठाउँका मानिस अनपढ र जङ्गली भन्दै दिएको अभिव्यक्तिले लज्जास्पद व्यवहार देखिएको छ । एक जिम्मेवार व्यक्तिले यति सम्मको गैर जिम्मेवार अभिव्यक्ति दिनुले साम्प्रदायिक भड्काउने काम भएको सरोकारवाला बताउँछन् ।