मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१०५ जनाको सदस्यता नविकरण नगर्ने महासंघ अछामको निर्णय

१०५ जनाको सदस्यता नविकरण नगर्ने महासंघ अछामको निर्णय

पत्रकारहरुका संघसंगठन बिच भएको सहमती अनुसार अघि बढेको शाखा अध्यक्ष खत्रीको भनाई


अछाम : नेपाल पत्रकार महासंघ अछामले ६१ जना साधारण सदस्यको मात्र सदस्यता नविकरण गर्ने भएको छ । जिल्ला शाखा अछामको बिहिबार बसेको बैठकले ६१ जनाको नाम नविकरणका लागि सिफारिष गरेको छ ।

जिल्ला शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा बसेको बैठकले बाँकी १ सय ५ जनाको सदस्यता नविकरण नगर्ने निर्णय भएको हो । महासंघको मापदण्ड तथा सर्कलर अनुसार सदस्यता नविकरणको लागि सिफारिष गरिएको शाखा अध्यक्ष खम्म खत्रीले बताए ।

यसअघि जिल्ला स्थित पत्रकारहरुका संघसंगठन बिच भएको सहमती अनुसार शाखाले सदस्यता सिफारिष गरेको उनले बताए । महासंघ अछाममा १६६ जना साधारण सदस्य थिए ।