मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बि.पी. काे याेगदान पार्टीले अनुसरण गर्न आवश्यक छ : साँफेबगर काँग्रेस

बि.पी. काे याेगदान पार्टीले अनुसरण गर्न आवश्यक छ : साँफेबगर काँग्रेस

बि.पी. काे योगदानको स्मरण गर्दे ४१ औँ स्मृति दिवस साँफेबगरमा मनाइयो


अछाम : प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बिपी) कोइरालाको योगदानको स्मरण आज देशभर ४१ औँ स्मृति दिवस मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो ।

यसै अन्तर्गत आज नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं .१ प्रदेश कार्यसमिति प्रदेश सभा ( क) र नगर कार्य समिति साँफेबगर नगरपालिकाकाको आयोजनामा जननायक विश्वेश्वर प्रसाद कोरलाको ४१औँ स्मृति दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुदूरपश्चिम कार्य समिति सदस्य रुपा आउँजीले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठुलो योगदान रहेको बताए । बिपी कोइरालाको ४१ औँ स्मृति दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम बल्दै उनले व्यक्तिको स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकार बिपीको योगदान बाट प्राप्त भएको उनले स्पष्ट पारे ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि महासमिति सदस्य अर्जुन ताम्राकारले बिपीको चिन्तनलाई अगाडि बढाए मात्र देशको विकास हुने बताए । पछिल्लो समय बिपीको सिद्धान्त मिचेर हिँड्ने प्रवृत्ति बढेको बताउँदै उहाँको मार्गदर्शन लाई आत्मसाथ गरे मात्र पाटी बलियो हुने उनको भनाई छ।

यस्तै महासमिति सदस्य भगवती खनालले बिपीको सपना साकार पार्ने सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताइन् । साथै पाटी बलियो बनाउनका लागि नेता र कार्यकर्ता बिच समन्वय सहकार्य हुन आवश्यक रहेको उनको भनाई छ ।

यस्तै पूर्व महाधिवेशन प्रतिनिधि ध्वज बहादुर कुँवरले बिपीको सिद्धान्तमा अडिग बने मात्र पाटी बलियो हुने बताएका छन् । साथै उनले पार्टी बलियो बनाउनका लागि गुट उपगुटको अन्त्य हुनु पर्ने धारणा राखे । बिपी नेपाली समाजको निर्माता भएको बताउँदै उनले मनोवैज्ञानिक धारालाई नेपाली साहित्यमा भित्र्याउन बिपी कोइरालाको ठुलो भूमिका रहेको उल्लेख गरे

कार्यक्रममा जिल्ला कार्य समिति सदस्य राम बहादुर कुँवर , सुरत बहादुर कुँवर, बहादुर खड्का , क्षेत्रीय सचिव भीम बहादुर कुँवर नगर सचिव अनिल परियार, प्रदेश उपसभापति विमल कुँवर, साँफेबगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिकमत कडायत लगाएको सहभागिता रहेको थियो । प्रदेश सभापति महेश खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नगर सभापति लाल बहादुर कुँवर नेत्रले गरेका हुन् ।