मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिका : एक वर्षमा ४ जनाले आत्महत्या गरे 

पञ्चदेवल नगरपालिका : एक वर्षमा ४ जनाले आत्महत्या गरे 

किशोर/किशोरीलाई परामर्शकाे आवश्यकता रहेको सराेकारवालाकाे भनाई


अछाम : पञ्चदेवल विनायक नगरपालिकामा ४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा १ जना पुरुष र ३ जना महिला गरी जम्मा ४ जनाले आत्महत्या गरेका हुन् । 

आर्थिक वर्ष २०७९/०८० को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीमा तथ्याङ्क प्रस्तुत गर्दै नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जनक बुढाले नगरपालिका भरी ४ जनाले आत्महत्या गरेको बताए । 

आत्महत्याको कारण पारिवारिक समस्या,अशिक्षा र गरिबी हुन सक्ने  आकलन जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाले गरेका छन् । 

आत्महत्या प्राय १८ देखि २२ वर्ष उमेर समूहका किशोर/किशोरीहरूले गर्ने भएकाले उनीहरूलाई परामर्शको आवश्यकता उनले बताए ।