मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साेसेक नेपालद्वारा तुर्माखाँदका किसानलाई बाख्रा कोसेली

साेसेक नेपालद्वारा तुर्माखाँदका किसानलाई बाख्रा कोसेली

गिफ्ट परियोजनाबाट बाख्रा गिफ्ट पाएपछि बद्लियो कृषकको दैनिकी


अछाम : जिल्लाको तुर्माखाँद गाउँपालिका -६ रानीवनकी विस्ना देवी विक पहिले ज्याला मजदुरी गरेर छोराछोरीको पालन पोषणसँगै शिक्षा दीक्षाको जोहो गर्थिन । त्यही निकै हम्मे हम्मे हुने गरेको उनको मानसपटलमा अहिले पनि ताजै रहेको बताउँछिन्।

ज्याला मजदुरी गरेर भए पनि साँझ बिहानको छाक टार्नै मुस्किल हुने गर्थ्यो । तर,पछिल्लो समय उनका दुःखका दिन हट्दै गएका छन् । डसिए नेपालको साझेदारी र सोसेक नेपालद्वारा तुर्माखाँदमा सञ्चालित गिफ्ट परियोजना लागु भएपछि उनका दिनहरू फेरिँदै गएका छन् ।

पहिले सामान्य खेती किसानी गरेर गुजारा चलेको थियो । विगतमा यहाँका कृषकहरूले सामान्य तरिकाले व्यवसाय गर्दे आएका थिए । तर, पछिल्लो समय सोसेकको सहयोगपश्चात् यहाँका कृषकको दैनिकी बद्लिँदै गएको वडा अध्यक्ष टीकाराम न्यौपाने बताउँछन्  ।  विगतका वर्षहरूमा कृषकले सामान्य तरिकाले व्यवसाय गदै आउनुभएको थियो,’उनले भने, ‘ सोसेक नेपालद्वारा गिफ्ट परियोजना लागु भए पश्चात् यहाँका कृषकका दिनहरू फेरिँदै गएका छन् । 

गिफ्ट परियोजनाबाट बाख्रा गिफ्ट पाएपछि कृषकहरू खुसीसँगै व्यावसायिक बाख्रा पालनमा होमिएको कृषि प्राविधिक हिक्मेन्द माझीले बताए । 

उनका अनुसार यस भन्दा पहिले दाढे कुनिगडा बाख्रा पालन तथा कृषक समूहका १७ जना कृषकलाई ५ वटा का दरले बाख्रा वितरण गरिएको थियो । बाख्रा वितरण पश्चात् कृषकहरू मिलेर बाख्रा पालन सुरु गर्नु पर्छ भनेर समूहमा छलफल भयो र छलफल पश्चात् समूहमा बाख्रा पालन गरेपछि अहिले निकै राम्रो भएको दाढे कुनिगडा बाख्रा पालन तथा कृषक समूहका कोषाध्यक्ष जौदरा देवी विक बताउँछिन् । पहिलेभन्दा अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ,’उनले भनिन, ‘ पहिले छोरा छोरी पढाउन लेखाउन हम्मे हम्मे हुन्थ्यो । ज्याला मजदुरी गरेर पनि मुस्किलले पढाइन्थ्यो लेखाइन्थ्यो । तर, अहिले संस्थाका साथ पाएपछि त्यो अवस्था हटेको छ । ’

सोसेक नेपालले बाख्रा सहयोग पश्चात् बाख्रा पालन व्यवसाय राम्रै आम्दानी हुने गरेको छ । सोसेक नेपाले आफूहरूलाई ठुलो सहयोग गरेको र सोसेक नेपाललाई कृषकको मन मुटुमा बस्न सफल भएको यहाँका कृषकहरूको भनाई रहेको छ  । विगतका वर्ष भन्दा अहिले आम्दानी स्रोत पनि बढ्दै गएको कोषाध्यक्ष विकको भनाई छ । 

तुर्माखाँद गाउँपालिका वडा नम्बर -६ का वडाध्यक्ष टिकाराम न्यौपानेले सोसेक नेपालले कृषकलाई बाख्रा मात्र दिएर ठुलो सहयोग गरेको बताए । बाख्रासँगै कृषि र शिक्षामा पनि केही सहयोग र कार्यक्रम फेरि पनि दिएको भए हुन्थ्यो,’उनले बताए, ‘ सोसेक नेपाल तुर्माखाँद गाउँपालिका अछाममा थप कार्यक्रम ल्याएर आउँछ भन्ने आस गरेको छु ।’