मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यामन्दिरकाे शैक्षिक इतिहास बिर्सिनु हुँदैन : सांसद रावल

विद्यामन्दिरकाे शैक्षिक इतिहास बिर्सिनु हुँदैन : सांसद रावल

विद्यामन्दिर नमुना मा.वि. ले थुप्रै दक्ष जनशक्ति उत्पादन गरेको गर्बिलाे इतिहासलाई सबैले आत्मसात् गर्नु पर्ने जोड


अछाम : सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावलले विद्यालयमा शैक्षिक गुणस्तर सबै भन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् । 

पछिल्लो समय शैक्षिक स्थिति खस्किँदो अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्दै सांसद रावलले शिक्षाको पुरानो इतिहास नभुल्न पनि आग्रह गरे । 

श्री विद्यामन्दिर नमुना माद्यामिक विद्यालय विनायक अछामको ३४ औँ अभिभावक भेलाका प्रमुख अतिथि रहेका रावलले एसएलसीमा जिल्ला प्रथम गर्ने राम बहादुर शाही देखि भरत अधिकारी समेतलाई स्मरण गर्दै त्यो पुरानो इतिहास नबिर्सिन आम अभिभावक तथा विद्यार्थीहरूलाई अनुरोध गरे । 

विद्यामन्दिर नमुना मा.वि. ले थुप्रै दक्ष जनशक्ति उत्पादन गरेको गर्विलाे इतिहासलाई सबैले आत्मसात् गर्नु पर्ने उनको जोड छ । 

फरक प्रसङ्गमा बोल्दै प्रदेश सांसद रावलले चुनावका बेला बोलेका सबै कुरा पुरा गर्न कठिनाइ भएको बताएका छन् । आफू कार्यकारी पदमा नहुँदा बजेट बाँडफाँडमा निकै समस्या हुने गरेकाले आम जनताका लागि कोसेली स्वरूप भाषण मात्रै हुने गरेको उनको भनाई छ । 

आफूले गरेका बाचा पूरा नहुन्ज्यालसम्म उधारा र पुरा भइसके पछि मात्रै  नगद हुन भन्दै जनताका बिचमा गरेका बाचा पुरा गर्न आफू कटिबद्ध भएर लाग्ने बताए । 

विद्यामन्दिर नमुना माद्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर बुढाको अध्यक्षतामा सुरु भएको अभिभावक भेलामा थुप्रै शिक्षा प्रेमी,जनप्रतिनिधि,राजनीतिज्ञ लगायतको सहभागिता रहेको थियो ।