मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी सङगम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित

कर्मचारी सङगम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित


अछाम । कर्मचारी सङ्गम अछामको अध्यक्षमा झनक ढुङ्गाना निर्वाचित भएका छन् ।

कर्मचारी सङ्गम अछामको अधिवेशन बाट स्वास्थ्य कार्यालय अछामका प्रमुख समेत रहेका ढुङ्गाना सर्वसम्मत निर्वाचित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय अछाममा भएको जिल्ला अधिवेशन बाट उनको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो ।

सबै कार्यालय र क्षेत्रको प्रतिनिधित्व हुने गरि नया कार्य समितीलाई पूर्णता दिने उनले बताए ।

आगामी दिनमा कर्मचारी सङ्गमले कर्मचारीका हक हितका पक्षमा सशक्त भएर अघि बढ्ने निर्वाचित अध्यक्ष तथा स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङ्गानाको भनाई छ ।

कर्मचारी सङ्गमको संरक्षकमा प्रजिअ रहने व्यावस्था छ ।