मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा एमाले ढकारीले १७ बुदे माग राखेर गाउँपालिका लाई ज्ञापनपत्र बुझायो ( पूर्ण पाठ सहित )

नेकपा एमाले ढकारीले १७ बुदे माग राखेर गाउँपालिका लाई ज्ञापनपत्र बुझायो ( पूर्ण पाठ सहित )


अछाम : नेकपा एमाले ढकारीले विभिन्न माग राख्दै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

आम जनताले स्थानीय सरकारको प्रत्याभूत गर्न नपाएको र पालिका भित्र थुप्रै बेथिति भएको आराेप लगाउँदै नेपाल कम्युनिस्ट पार्टी एमाले ढकारी गाउँकमिटिले मंगलबार १७ बुदे माग राख्दै गाउँपालिका अध्यक्ष लाई ज्ञापनपत्र बुझाएको हाे ।

गाउँकमिटी इन्चार्ज टाेप बहादुर शाही र अध्यक्ष अम्मर सिंह बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

विषय : ज्ञापन पत्र ।
नेकपा (एमाले) नेपाली जनताको वर्गिय र सामाजिक मुक्ति, जनतामा निहित सार्वभौम सत्ता र लोकतान्त्रिक प्रणालीका लागि संचालित सामन्तवादी प्रवृति, नेपाली समाजमा विद्यमान राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, वातावरणीय लगायतका सबै प्रकारका समस्याहरुको पहिचान र तिनको समाधानका लागि अनवरत रुपमा लडिरहेको एक जिम्मेवार राजनीतिक पार्टी भएको कुरा सर्वविधितै छ । यसै सन्दर्भमा ढकारी गाउपालिका स्थानीय सरकारले २०७४ र २०७९ यता राजनीतिक प्रतिशोधका आधारमा गरेका तमामौं विकृती र बिसगती प्रति नेकपा (एमाले) ढकारी पालिका कमिटीको गम्भिर ध्यानाकर्षण भएको छ । यस ढकारी पालिका सरकारले गरेका तमामौ गल्ती कमजोरीहरुलाई सच्याउन र आम जनता प्रति उत्तरदायी हुन नेकपा (एमाले) ले यस अघिपनि पटक पटक सचेत, खबरदारी र ध्यानाकर्षण समेत गर्दा पनि सच्चिनको साटो उल्टै प्रतिशोध साट्ने हिसाबले सन्तुलित विकासको अवधारणा विपरित मनोमानी तवरले स्थानीय सरकार संचालन गरेको अनुभुती आम ढकारी बासी र नेकपा (एमाले) लाई भएको छ । तसर्थ यस पालिका भित्र रहेका तमाम समस्याहरुलाई यथासिघ्र पुरा गर्न निम्न लिखित मागहरु शुत्रबद्ध गरी पेश गरेका छौं । यि मागहरुलाई यथाशिघ्र पुरा गर्न जोडदार माग गर्दछौं, यि मागहरु यथाशिघ्र पुरा नभएमा नेकपा (एमाले) ढकारी पालिका कमिटी थप आन्दोलनका कार्यक्रमका साथ जनताको विचमा जान बाध्य हुनेछ र यसबाट निस्कने परिणामको जिम्मा स्वयम पालिका सरकारले लिनुपर्नेछ ।

मागहरु :

१. संघीय शिक्षा ऐन तथा नियमावली अनुसार शिक्षक भर्ना प्रक्रिया लागु गरियोस ।

२. पालिकाले छनौट गरेका विषय विज्ञहरुको सूची अद्यावधि गराएर मात्र परिक्षा लिने व्यवस्था गरियोस । ३. शिक्षा विकास तथा समन्वय इकाई अछामले वार्षिक रूपमा अद्यावधिक गर्ने विज्ञहरु पालिकाले स्वत विज्ञ मान्ने प्रचलनको थालनी गरियोस ।

४. विषय विज्ञहरुको सर्वपक्षिय समान सहभागिता गराइयोस ।

५. शिक्षकको परिक्षा सम्बन्धित विद्यालयमा गर्ने व्यवस्था गरियोस । ६. कार्यरत शिक्षकहरुलाई विशेष प्राथमिकता दिई छनौट प्रक्रियामा ध्यान दिइयोस ।

७. विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी कायम गरियोस ।

  1. शिक्षकको तलव भत्ता यथाशिघ्र भुक्तानी गरियोस । ९. सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा समयमै औषधी खरिद गरी बितरण गरियोस र उपकरण खरिद गर्दा गुणस्तरीयतालाई ध्यान दिइयोस ।

१०. वडा नं. २ मा निर्माण भएको सेन्टर तत्काल सुचारु गरियोस । ११. पालिका अन्तर्गत रहेका प्रत्येक शाखाहरूको बजेट शिलिङ सार्वजनिक गरियोस ।

१२ स्थानीय तह निर्वाचन २०७४ देखि आ.ब. २०६००८ सम्मको बजेट शिलिङ र स्विकृत वार्षिक

विकास कार्यक्रमको प्रतिलिपी उपलब्ध गराइयोस । १३ बर्षातको समयमा वाढी पिडित एवं किसानको खेतीपातीमा जंगली जनावरले नष्ट गरेको हुनाले कृषकहरुलाई यथाशिघ्र राहात स्वरुप क्षतीपूर्तीको व्यवस्था गरियोसः ।

१४. सबै वडामा रहेका भेटेनरी र कृषि शाखाहरुमा औषधी र विउ विजन उपलब्ध गराइयोस ।

१५. पालिका भित्र रहेका भौतिक निर्माणका संरचनाहरुको तत्काल टेण्डर गरी प्रक्रिया अगाडी बढाइयोस । १६. १ घर १ धाराको नितीलाई अबलम्बन गरी सबै वडामा खानेपानीको समस्या समाधान गरियोस ।

१७ वर्षातको कारणले पालिका भित्रका निम्न अवरुद्ध ग्रामिण सडकहरु तत्काल संचालनमा ल्याइयोस ।

क) ढकारी, रिमा, चाइरा ग्रामिण सडक

ख) गैराखाल, दुन्ता ग्रामिण सडक

ग) गलवाल, ढुंगाचाल्ना ग्रामिण सडक

घ) रुज, टिमु ग्रामिण सडक

ङ) देवल, मेल्चाखाल गलवाल ग्रामिण सडक च) मौला, बागवेते, नुनासैन ग्रामिण सडक

छ) बलातीबाडा, फाँटावगर चाइराखोला ग्रामिण सडक

ज) ढकारी, ढिल्की, थार्म, टिमु, मैका, तिखान, ज्ञानमन्दिर, बलाना र बिनी सडकलाई तत्काल बजेट विनियोजन गरी निर्माण कार्य यथाशिघ्र शुरु गरियोस ।

हार्दिक अभिवादन सहित ।

टोप बहादुर शाही

इन्चार्ज

अम्मर सिंह बुढा

अध्यक्ष