मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सुचांकका आधारमा जिल्ला अस्पताल अछाम सुदूरपश्चिम प्रदेशकै पहिलो

स्वास्थ्य सुचांकका आधारमा जिल्ला अस्पताल अछाम सुदूरपश्चिम प्रदेशकै पहिलो


  • स्वास्थ्य कार्यालय अछाम पनि प्रदशमै दोश्रो स्थान
  • स्वास्थ्य कार्याक्रमहरुको प्रदेश स्तरिय बार्षिक समिक्षा धनगढीमा सम्पन्न ।

पूर्ण बहादुर खड्का, धनगढी । स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरिय बार्षिक समिक्षा प्रदेश मुकाम धनगढीमा सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गरिएको थियो ।

समृद्ध सुदूरपश्चिमका लागि स्वस्थ्य नागरिक भन्ने नाराका साथ सुरु भएको कार्यत्रक्रममा प्रदेशका ९ जिल्लाका बिभिन्न अस्पतालहरु मध्ये अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भएको छ । स्वास्थ्यका सुचांकहरुका आधारमा जिल्ला अस्पताल पहिलो भएको हो ।

स्वास्थ्यका न्युनतम ६० प्रतिशत सुचांक, बार्षिक प्रतिबेदन, बजेट खर्च र बेरुजुका आधारमा अछाम जिल्ला अस्पताल सुदूरपश्चिममै उत्कृट भएपछि पहिलो स्थान ओगट्न सफल भएको स्वास्थ्य निर्देशनालय सुदूरपश्मिले जनाएको छ । सुचांकका आधारमा जिल्ला अस्पताल बैतडी दोश्रो तथा जिल्ला अस्पताल बझांगले तेश्रो स्थान हासिल गरेका छन् ।

यस्तै स्वास्थ्य कार्यालय अन्र्तगत स्वास्थ्य कार्यालय कैलाली प्रदेशमै पहिलो स्थान भएको छ भने स्वास्थ्य कार्यालय अछाम दोश्रो स्थानमा रहेको छ । ९ जिल्लाका स्वास्थ्य कार्यालयहरुले सम्पादन गरेका बार्षिक कार्यक्रम, स्वास्थ्य सुचक, बार्षिक प्रतिबेदन तथा बजेट खर्च र बेरुजुको अवस्थाका आधारमा मुल्यांकन गरिएको थियो ।

सबै क्षेत्रका क्षेत्र स्वास्थ्यकर्मी, महिला स्वयम सेबिका र जनप्रतिनिधीहरुको सहयोगमा जिल्ला अस्पताल प्रदेशमै पहिलो र स्वास्थ्य कार्यालय दोश्रो स्थान आउन सफल भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए ।

अब स्वास्थ्य कार्यालयलाई पहिलो बनाउन सबै सुचंक र अन्य स्वास्थ्यका सबै कार्यक्रमहरुमा जोड दिएर काम गर्नुपर्नेमा ढुंगानाको जोड छ । समयमै बजेट बिनियोजित नहुदाँ काम गर्न केही कठिनाई भएको र मुंल्यांकन बिधि समेत फेरबदल गनुपर्ने समेत उनले बताए । यसअघि अछाम जिल्लाका १० वटा पालिका मध्ये जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका समेत स्वास्थ्य सुचांकका आधारमा जिल्लामै पहिलो भएको थियो ।

प्रदेश स्तरिय बार्षिक समिक्षामा प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्यका समस्या, चुनौतीहरुको पहिचान गरी आगामी बर्षमा कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा गहन छलफल समेत भएको छ ।

बिज्ञहरुको टोली राखेर उनिहरुको सुझाबको आधारमा आगामी बर्षहरुमा समाधानका उपाय खोजिने स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशका निर्देशक डा. जगदिश जोशीले बताए । स्वास्थ्य क्षेत्रको सुधारका लागि तिन वटै तहका सरकारको सहयोगको खाँचो रहेको समेत उनले बताए ।

समिक्षा गोष्ठीमा सहभागी प्रदेश प्रमुख देवराज जोशी, मुख्य मन्त्री कमल बहादुर शाह, सामाजिक विकास मन्त्री झपट बहादुर साँउदले स्वास्थ्य क्षेत्र सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमका स्वास्थ्य क्षेत्रका बिज्ञहरु संग बिभिन्न बिषयमा छलफल समेत गरिएको थियो ।