मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैत्रिपूर्ण भलिबल खेलमा जिल्ला खेलकुद विकास समिती अछाम विजयी

मैत्रिपूर्ण भलिबल खेलमा जिल्ला खेलकुद विकास समिती अछाम विजयी


अछाम । जिल्लाको सदरमुकाम मंगलसैनमा रहेको गोरख बक्स गणद्धारा आयोजित मैत्रिपूर्ण भलिबल प्रतियोगितमा जिल्ला खेलकुद विकास समिती अछामको टिम प्रथम भएका् छ ।

श्री गोरख बक्स गणको ब्यारेकमा आयोजना भएको खेलमा गणको ए टिमलाई पराजित गर्दै खेलकुद विकास समितीले जित हासिल गरेको हो ।

श्री गोरख बक्स गणको २३३ औँ बार्षिकउत्सवको अवसरमा आयोजना भएको भलिबल प्रतियोगितामा नेपाल पत्रकार महासंघ अछाम र गोरख बक्स गण बि समेत सहभागी भएका थिए । उक्त खेलमा गोरख बक्स गण बि बिजयी भएको थियो ।

२३३ औँ बार्षिकउत्सवको अवसरमा मैत्रिपुर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी गणपति जनक सिल्वालले बताए । खेलमा सहभागी टिमलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।