मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३६औं विश्व एड्स दिवसको अवसरमा बयालपाटा अस्पतालमा सरसफाई

३६औं विश्व एड्स दिवसको अवसरमा बयालपाटा अस्पतालमा सरसफाई


अछाम । जिल्लाको बयालपाटा अस्पतालमा सरसफाई गरिएको छ । ३६औं विश्व एड्स दिवस दिवसको अवसरमा अस्पताल परिसरमा सरसफाई गरिएको हो । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।

हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ। सोही अवसरमा बयालपाटा अस्पतालमा समेत सरसफाई गरिएको हो ।

हरेक महिना नियमित सरसफाई गर्छौँ बयालपाटा असपतालका मेडिकल निर्देशक डाक्टर मन्पिद पाठकले भने यसपटक बिश्व एडस् दिवसको अवसर पारेर सरसफाई गरका छाँै । साथै उनले एचआईभी एड्स रोगबाट बच्न र रोगको संक्रमण फैलिन नदिन स्वास्थ्यकर्मीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।

अस्पतालमा कार्यरत सबै स्वास्थ्कर्मी तथा कर्मचारीहरुले हरेक महिनाको अन्तिम शुक्रबार बिहा एक घण्टा सरसफाई गर्ने गरेका छन् । अस्पताल परिसरको वाताबरण स्वच्छ सफा राख्न र प्रदुषणबाट लाग्ने रोग लाग्न नदिन समेत सरसफाई गर्ने गरिएको अस्पतालले जनाएको छ ।