मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालले दिएको स्वास्थ्य सेवा असाधारण र अनुसरणिय छ : ओली

बयालपाटा अस्पतालले दिएको स्वास्थ्य सेवा असाधारण र अनुसरणिय छ : ओली


अछाम : पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा देशकै नमुना रहेको बताएका छन् । झुलाघाट ( चिवाभञ्ज्याङ यात्राको अवसरमा अछाम पुगेका ओलीले यस्तो प्रकारको अस्पताल विकास गर्नुपर्ने र यसलाई नमुना मानेर देशका अरु ठाँउमा समेत लागु गर्नुपर्ने बताए ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अछाम पुगेको अवसरमा अस्पतालको अवलोकन भम्रण पश्चातको छलफलमा बोल्दै स्वास्थ्य सेवा अधिकारलाई कानुनी रुपमा र संबिधानको व्यावस्थामा राखेपनि त्यो व्यवहारमा लागु गर्न नसकिएको उल्लेख गरे ।

अछाममा रहेको बयालपाटा अस्पतालले मात्रै कानुनी र संबिधानत स्वास्थ्य सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा व्यत्त: गरे । सरकारी गैरसरकारी साझेदारीको यसप्रकारको नमुनालाई देशका अरु ठाँउमा लागु गर्न सके कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने उनको भनाई थियो ।

न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालबाट र समुदायमा समेत गरी दिएको स्वास्थ्य सेवा असाधारण र अनुसरणिय भएको भन्दै नेता ओलीले यसको अध्ययन गरेर यस प्रकारको मोडालिटी देशभर लागु गर्नुपर्ने बताए ।

सकभर कोही बिरामी नपरोस, यदि बिरामी परे पनि बयालपाटा जस्तो अस्पताल देशका हरेक ठाँउमा भए निरोगी नेपाल बनाउन सकिने र त्यस दिशामा बयालपाटा अस्पतालले मात्रै महत्वपूर्ण काम गरेको ओलीको भनाई थियो ।