मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालले दिएकोे स्वास्थ्य सेवा गर्व गर्न लायक छ : महामन्त्री शर्मा

बयालपाटा अस्पतालले दिएकोे स्वास्थ्य सेवा गर्व गर्न लायक छ : महामन्त्री शर्मा


अछाम : नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अछाम स्थित बयालपाटा अस्पतालले प्रदान गरिरहेको स्वास्थ्य सेवा गर्व गर्न लायक रहेको बताए ।

पार्टीको कामको सिलसिलामा अछाम पुगेका शर्माले गैर सरकारी संस्थाले सरकार र दातृ निकाय संग मिलेर दिईरहेको निशुल्क स्वास्थ्य सेवा सरकारले नै सिक्नुपर्ने खालको रहेको बताएका हुन् ।

प्रतिनिधी सभा सदस्य समेत रहेका नेता शर्माले बयालपाटा अस्पतालको अवलोकन भम्रण पश्चात बोल्दै अस्पतालले प्रदा नगरिरहेको निशुल्क स्वास्थ्य सेवाबाट आफुलाई समेत सिक्ने अवसर मिलेको बताए ।

अस्पतालले दुर्गम क्षेत्रका जनतालाई दिईहरेको बिशेषज्ञ सहितको स्वास्थ्य सेवाको उनले प्रशंसा गर्दै यसको दिर्घकालिन व्यावस्थापनका लागि प्रदेशले भुमिका निर्वाह गर्नुपर्ने र संघिय सरकारले त्यसमा सहयोग गर्नुपर्ने बताए ।

अस्पतालको आर्थिक लगायतको व्यावस्थापनका लागि आफुले संघिय सरकारमा समेत पहल गर्ने उनको भनाई थियो । यसअघि पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले समेत अस्पतालको अवलोकन गरेका थिए ।