मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला खुल्ला भलिबल प्रतियोगिताको उपाधि कमलबजारलाई

महिला खुल्ला भलिबल प्रतियोगिताको उपाधि कमलबजारलाई


अछाम — लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा साफेबगरमा आयोजित पालिकास्तरीय महिला खुल्ला भलिबल प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले जितेको छ ।

सम विकास नेपालले आयोजना गरेको प्रतियोगितामा कमलबजारले उपाधि हात पार्दा पञ्चदेवल विनायक नगरपालिका द्वितीय, मेल्लेख गाउँपालिका तृतीय बने । 

प्रथमले १ लाख ५० हजार, द्वितीयले ८० हजार, तृतीयले ४० हजार रुपैयाँ पुरस्कार पाएका छन् । जनशिखा क्याम्पस मेल्लेखले २० हजार राशिको सान्त्वना पुरस्कार जितेको छ । 

प्रतियोगितामा ६ जना उत्कृष्ट खेलाडीलाई नगदसहित मेडल दिइएको छ ।

स्वास्थ्यका लागि र राष्ट्रका लागि मात्रै खेलकुद नभएर महिला सशक्तिकरणका लागि पनि खेलकुद आवश्यक रहेको आयोजक सम विकास नेपालकी कार्यकारी निर्देशक पशुपति कुवँरले बताइन् ।

‘यो खेलबाट क्षेत्रीय र राष्ट्रिय गेम खेल्न सक्ने महिला अछाममा देखिएको छ । अछामका महिलालाई माथिल्लो तहका प्रतियोगितामा समावेश गराउन हामी अहिलेबाट नै लागिरहेका छौं,’ उनले भनिन् ।

मंगलबार सुरु भएको प्रतियोगितामा १० स्थानीय तहका १० टिम र अन्य दुई टिमले भाग लिएका थिए ।