मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रामक प्रचार-प्रसार भन्दै स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनको ध्यानाकर्षण

भ्रामक प्रचार-प्रसार भन्दै स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनको ध्यानाकर्षण


एनसेलको ८० प्रतिशत स्वामित्व वहन गर्ने रेनोल्डस् होल्डिङो शेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा चौतर्फी रुपमा भईरहेको एनसेल लक्षित गैरजिम्मेवार र भ्रामक प्रचार-प्रसारप्रति स्वतन्त्र एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

युनियनका अध्यक्ष सुरेश प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा, विगत १८ वर्षदेखि अनवरत रुपमा नेपाल र आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवा प्रवाह गर्दै आएको यस कम्पनीको प्रतिष्ठामा ठुलो आँच पुर्याउनुका साथै कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोबल गिराएको छ । जनमानसलाई भ्रममा पार्ने गरी भइ रहेका गतिविधी र समाचार प्रचारप्रसाले देशमा लगानीको वातावरणलाई खलल पुर्याउने निजी क्षेत्रलाई हतोत्साही पार्ने काम भएको भन्दै सो प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

“स्पेक्ट्रलाइट यूकेले अप्रत्यक्ष रुपमा रेनोल्डस् होल्डिङमार्फत एनसेलको स्वामित्व लिए पश्चात पनि यस कम्पनीले सम्पूर्ण कर्मचारीहरु लगायत राज्यको हितको लागि कार्य गर्नेछ भन्ने विश्वास हामीले लिएका छौं र यस ट्रेड युनियन पनि सदा भैौ व्यवस्थापनसँग सुमधुर सम्बन्ध स्थापित गर्दै आम नेपालीलाई गुणस्तरीय सेवामार्फत जोडि राख्न प्रतिवद्ध रहेको कुरा जानकारी गराउँदछौं,” विज्ञप्तिमा भनिएको छ।

सेयर खरिद बिक्रीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधानमा रहेर काम गरेको र सेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपारेको भन्दै युनियनले एनसेललाई नेपालकै अग्रणी दूरसञ्चार सेवा कम्पनी बनाउन अहोरात्र खटिने कर्मचारीहरुलाई हतोत्साही बनाउने खालको गलत अफवाह कही कतैबाट नफैलाउन पनि यसै विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।