मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुखुराको खोरमा पसेको चरिबाघ नियन्त्रणमा

कुखुराको खोरमा पसेको चरिबाघ नियन्त्रणमा


दैलेखको आठबिस नगरपालिकामा कुखुराको खोरमा पसेर कुखुरा खाने चरीबाघलाई नियन्त्रणमा लिईएको छ । नगरपालिकाको वडा नम्बर ३ जाक्सीमा रहेको बसुन्धरा कृषि फाममा पालेका करिब १ सय ५० बढी ब्रोईलर कुखुरा मारेको चरिबाघलाई स्थानिय प्रहरी र जिल्ला बन कार्यालय दैलेखको टोलिले नियन्त्रणमा लिएको हो ।

मङ्गलबार राती फाममा पसेको चरिबाघले करिब ६ सय किलो कुखुरा नस्ट गरेको फाम सन्चालक छत्र सिजापतिले जानकारी दिए । उनका अनुसार करिब अढाई लाख बराबरको क्षती भएको छ ।

नियन्त्रणमा लिएको बाघलाई अहिले ईलाका प्रहरी कार्यालय राकम कर्णालीमा राखिएको प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा रहेको बाघलाई बन कार्यालयका कर्मचारी, स्थानिय जनप्रतिनिधि लगायतको रोहबरमा नजिकको सामुदायिक बनमा लगेर छोडिनेछ ।