मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकाकोे दोश्रो गाँउ सभाको चौथो अधिबेशन सम्पन्न

चौरपाटी गाँउपालिकाकोे दोश्रो गाँउ सभाको चौथो अधिबेशन सम्पन्न


अछाम : जिल्लाको चौरपाटी गाँउपालिकाको दोश्रो गाँउ सभाको चौथो अधिबेशन सम्पन्न भएको छ । गाँउपालिका अध्यक्ष भिम बहादुर साँउदको अध्यक्षतमा भएको गाँउसभाले १ करोड ६७ लाख ९० हजार नौँ सय ५६ रुपयाँ बराबरको अनुमानित आय प्रस्तुत गरेको छ ।

गाँउसभाले बिनियोजन बिधेक, बेजट तथा कार्यक्रम, प्रस्तावित आर्थिक बिधेकहरु पारित गरेको छ । गाँउ सभामा पालिका अध्यक्ष साँउदले चौरपाटीलाई व्यवस्थित पालिकाका रुपमा अघि बढाउने गरी काम भईरहेको बताए ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र आधुनिक कृषिमा आत्म निर्भर बनाईने बताए । यस्तै उनले पालिकामा स्वरोजगारका कार्यक्रमहरु पनि भित्रयाईने बताए ।

गाँउसभामा उपाध्यक्ष सर देवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा लगायत बिभिन्न राजनितिक दलका प्रतिनिधी लगायतको सभागीता रहेको थियो ।