मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“संस्थागत सुशासन नै पहिलो प्राथमिकता मा छ” : प्रशासक ज्ञवाली

“संस्थागत सुशासन नै पहिलो प्राथमिकता मा छ” : प्रशासक ज्ञवाली

रामारोशन गाउँपालिकाकाे प्रशासनीक सुधारका लागि ई हाजिरिलाई प्राथमिकतामा


अछाम : जिल्लाको रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव ज्ञवालीले रामारोशन क्षेत्रलाई देशकै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी काम गरिने बताएका छन् ।

सुदूर आज सँगको संक्षिप्त कुराकानीका क्रममा अधिकृत ज्ञवालीले रामारोशन क्षेत्रको विकास र प्रबर्द्धनका लागि जनप्रतिनिधि र अन्य सरोकारवालाहरू सँग घनिभूत रूपमा छलफल भईरहरको उनले बताए ।

रामारोशन दिगो पर्यटन परियोजना सँग साझेदारीमा सो क्षेत्रमा फोहोर व्यवस्थापन गर्नेका लागि डष्बीनको व्यवस्था, प्रतीक्षालय निर्माणका काम भइरहेको भन्दै अधिकृत ज्ञवालीले रामारोशन जाने सडक मुख्य चुनौती रहेको भन्दै उनले त्यसका लाग समेत जनप्रनिधी सँग मिलेर काम अघि बढाइने बताए ।

संस्थागत सुशासन नै पहिलो प्राथमिकतामा रहेको भन्दै अधिकृत ज्ञवालीले रामारोशन गाउँपालिकाकाे प्रशासनीक सुधारका लागि ई हाजिरिलाई प्राथमिकतामा राखिएको बताए । प्रशासनिक काम कारबाही पारदर्शी बनाउन तर्फ आफ्नो मुख्य ध्येय रहेको समेत उनले बताए ।

पालिमा ढिलो गरी बजेट आए पनि साना योजनाको काम  चैत्र मसान्त भित्रै सक्ने गरी काम भइरहेको र सरोकारवाला सबैले जानकारी पाउने गरी खरिद प्रक्रियाका काम समेत ई बिड मार्फत भइरहेको उनको भनाई छ ।

यस पटक रामारोशन गाउँपालिकाका मुख्य योजना भनेको चुनौतीको रूपमा रहेको भूगोल अनुकूल शिक्षक दरबन्दी मिलान, वडा नं. १, २ र ६ को प्रशासकीय भवन निर्माण, वडा नं. ४ र ७ मा स्वास्थ्य चौकीको भवन निर्माण रहेको उनले बताए ।