मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याम्पस स्थापनाका लागि तुर्माखाँदमा धार्मिक महोत्सव हुने

क्याम्पस स्थापनाका लागि तुर्माखाँदमा धार्मिक महोत्सव हुने


अछाम : जिल्लाको तुर्माखाँदमा धार्मिक महोत्सव सञ्चालन हुने भएको छ । बिधालय स्तोरन्नती एवं तुर्माखाँद बहुमुखी क्याम्पस स्थापनाका लागि धार्मिक महामहोत्सव हुने भएको हो ।

महोत्सव २०८० माघ १६ देखि २३ सम्म सम्म तुर्माखाँदको कालिकेश्वरी माबिको प्राङ्गणमा हुने मुल आयोजक समितिका संयोजक पदम बहादुर बिसीले बताए । धार्मिक महोत्सवमा भक्ती योग फाउन्डेसन नेपाल प्रमुख बाचक अन्तर्राष्ट्रिय भागववत भूषण बाचन सिरोमणी नारायण सन्जेल पुज्य संन्ज्याल महाराजको प्रमुख बाचन रहनेछ ।

श्री कालिकेश्वरी माबि बिधालय ब्याबस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बयकको अध्यक्षतामा भएको कार्यक्रममा तुर्माखाँद गाउँपालिका कार्यवाहक अध्यक्ष बिमला कुमारी शाही प्रमुख अतिथि रहेकी थिईन् ।

कार्यक्रममा तुर्माखाँद गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाही, ४ न वडा अध्यक्ष पदम बहादु बिसी, कार्यपालिका सदस्य झंकर बहादुर नेपाली, नेपाली काँग्रेस गाउँपालिका सभापति कविराम बयक, माओवादी केन्द गाउँपालिका अध्यक्ष मन बहादसर बयक, एमाले पार्टी प्रतिनिधी नर बहादुर बुढा लगायतको सहभागीता रहेको थियो ।

भक्तीयोग फाउन्डेसन नेपाल सदस्य गुरु ओमप्रकाश भट्टराई, शिशिर साधक लगायत सम्पूर्ण बिधालय का प्र। अ तथा प्रतिनिधी एक देखि आठै वडाका समाजसेवी तथा बुद्धिजिबी हरुको उपस्थित रहेको थियो ।

बिध्यालय स्तरोन्नतीका लागि आर्थिक रकम संकलन गरि बिधालय क्षेत्र लाई नमुना बिधालय बनाउने वडाअध्यक्ष पदम बहादुर बिसीले बताए । बिसीकै सयोजकत्वमा मुल आयोजक समिती समेत गठन गरिएको छ ।

जसका उपसंयोजकमा डिल बहादुर बयक, भिम प्रसाद जैसी, प्रेम बहादुर बयक, झंकर बहादुर नेपाली, तलाराम बुढा, कोषाअध्यक्ष लक्ष्मी कुमारी बुढा, महासचिव मनिराम बुढा, सचिब हिक्मत बहादुर बयक, उपसचिव कमल बहमदुर बुढा, झंकर बहादुर बयक, प्रेम बहादुर बुढा, अम्मर बहादुर चलाउने, पदम बहादुर बुढा सहति १४ जना को समिति गठन भएको छ ।