मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यनाथ धाममा हुने कोटीहोममा १० लाख ५० हजार सहयोग गर्ने साँफेबगर नगरपालिकाको निर्णय

वैद्यनाथ धाममा हुने कोटीहोममा १० लाख ५० हजार सहयोग गर्ने साँफेबगर नगरपालिकाको निर्णय

सुदूर आज

अछाम । साँफेबगर नगर कार्यपालिकाको चौथो वैठक सम्पन्न भएको छ । नगर प्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतमा वैठक सम्पन्न भएको छ ।

वैठकले वैद्यनाथ धाममा फागुन १० गतेदेखि २५ गतेसम्म आयोजना हुने कोटीहोममा १० लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै कार्यपालिकाको वैठकले नगरको १२ औ अधिवेशन आयोजना र नगरको सार्वजनिक सुनुवाई गर्ने विषयमा कार्यपालिकाको १९ गते बस्ने वैठकले निर्णय गर्ने नगरका प्रवक्ता मक्कर बहादुर कुँवरले जानकारी दिनुभयो ।

वैठकले वडा नं.४ मष्टमान्डौंलाई वालमैत्री वडा घोषणा गर्ने,महिला माथि हुने हिन्सा न्यूनिकरणको लागि १४ वटै वडामा जनचेतनामुलक कार्यक्रम गर्ने, कोल्ड स्टोर सञ्चालनको लागि पहल गर्ने लगायतका निर्णय गरेको प्रवक्ता कुँवरको भनाई रहेको छ ।

वैठकमा नगर कार्यपालिका सदस्यहरुले वडाको रिपोङ्गि गरेका थिए । वैठकमा उपप्रमुख शिवबहादुर कुँवर शिलोज, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्मा लगायत कार्यपालिका सदस्य सहभागिता रहेको थियो ।