मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेसकाे ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अछाममा सम्पन्न

नेपाली काँग्रेसकाे ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अछाममा सम्पन्न


अछाम । नेपाली काङ्ग्रेस अछामले ४८ औँ मेलमिलाप दिवसको अवसरमा अन्तरक्रिया गरेको छ ।
जिल्ला पार्टी कार्यालय अछाममा गरिएको अन्तरक्रिया कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले पार्टीका संस्थापक नेताहरूको सम्झना गरेका छन् ।

पार्टीको सुदूर पश्चिम प्रदेश कार्यसमिति सह-महामन्त्री अम्बिका चलाउनेले देश बनाउन सहमति र सहकार्यको आवश्यकता रहेको बताएकी छन् । सहमति र सहकार्यको राजनैतिक नेतृत्व काङ्ग्रेस पार्टीले मात्र गर्न सक्ने भन्दै कार्यक्रमको प्रमुख अतिथि रहेकी चलाउनेले पार्टीभित्र सहकार्य हुनु आवश्यक भएको बताइन ।

कार्यक्रममा प्रदेश कार्यसमिति सदस्य वेदप्रकाश तिमिल्सैना विशिष्ट अतिथि थिए । उनले नेताहरूले लिएको मेलमिलापको नीति अहिलेपनी सान्दर्भिक रहेको दाबी गरे ।
पार्टीका कार्यवाहक सभापति नयाँराम बज्गाईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका महासमिति सदस्य सुरत बहादुर बिस्ट, पदमराज अधिकारी, भगवती खनाल, अछाम क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पुष्पराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख ललित कुवर, बान्दिगढी गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउदले मन्तव्य राखेका हुन ।
यस्तै अछाम क्षेत्र नम्बर २ प्रदेश क का सभापति ताराप्रसाद खनाल,अछाम क्षेत्र नम्बर १ प्रदेश क का सभापति महेश खड्का, प्रेस युनियनका केन्द्रीय सदस्य सुशील भण्डारी, नेबिसंघका केन्द्रीय सदस्य बम स्वार , नेपाल तरुण दलका जिल्ला अध्यक्ष रमेश बिस्ट र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्काले पनि मन्तव्य राखेका हुन ।
कार्यक्रमको स्वागत मन्तव्य पार्टी उपसभापति अर्जुन ताम्राकारले गरेका हुन भने सञ्चालन जिल्ला पार्टी प्रवक्ता पदमबहादुर शाहले गरे।

के हो मेलमिलाप दिवस

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।