मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा माघदेखि सुर्ती र मदिरा बिक्रीमा रोक

धनगढीमा माघदेखि सुर्ती र मदिरा बिक्रीमा रोक


धनगढी । धनगढी उपमहानगरपालिकाले अगामी माघदेखि नगर क्षेत्रमा सुर्ती र मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सूचना जारी गर्दै माघ १ गतेदेखि नगर क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइने उल्लेख गरेका छन् ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य सेवा ऐन, २०७७ को दफा ३० (१) मा ‘सुर्ती तथा मदिराजन्य पदार्थ बिकी वितरणको लागि उपमहानगरपालिकाबाट छट्टै अनुमति लिनु पर्ने’ र सोही ऐनको दफा ३० (२) मा ‘खाद्यपदार्थ बिकी गर्ने पसलमा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न बन्देज लगाइनेछ’ उल्लेख छ ।

उक्त सूचनामा माघ १ गतेदेखि चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, कंकड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन भनी उल्लेख गरिएको छ ।

‘२०८० साल माघ १ गते देखि चुरोट, बिँडी, सिगार, तमाखु, तु, सुल्फा, सुल्फा, कङ्कड, सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य सूर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न नगराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा भनिएको छ, ‘बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारवाही गरिने छ ।’

हेर्नुहोस् उपमहानगरपालिकाको सूचना