मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगरमा लैगिक हिंसा न्युनिकरण सम्बन्धी जनचेतना अभियान सञ्चालन गरिने

साँफेबगरमा लैगिक हिंसा न्युनिकरण सम्बन्धी जनचेतना अभियान सञ्चालन गरिने


अछाम : साँफेबगर नगरपालिकामा लैगिक हिंसा न्युनिकरण सम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने सम्बन्धी छलफल गरिएको छ ।

बुधबार नगरपालिका भित्रका १४ वडामा हिसा न्युनिकरणका लागी कस्ता गतिबिधि सञ्चालन गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा सरोकारवालाहरुसंग छलफल गरिएको हो ।

छलफल कार्यक्रममा सरोकारवालाहरुले लैगिक हिसा न्युनिकरण सम्बन्धी कार्यक्रमहरु प्रभावकारी र उपलब्धी मुलक बनाउन सुझाब दिएका छन् । कार्यक्रममा युएनएफपीएका रमेश थापाले सबै भन्दा अगाडी निति बनाएर अगाडी बढ्न सुझाब दिनु भएको छ ।

उहाँले नगरपालिकाले बनाएको जेसी निति आवश्यक संसोधन,समाजमा रहेका हानिकारक अभ्यास न्युनिकरण निति बनाएर कार्यान्वयको पाटो तर्फ लाग्न सुझाब दिनु भयो । कार्यक्रमा सहभागी वाक नेपालका सत्य स्वाँरले कुन वडा अथवा कुन टोल हिसाको अवस्था कस्तो छ,कुन कार्यक्रम गर्दा उपयुक्त हुन्छ भनेर बिश्लेषण गरेर र तंथाक संकलन गरेर मात्र कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने बताउनु भयो ।

बल्ड भिजनका मेनुका मल्लले सामाजिक रुपान्तरणको क्षेत्रमा नगरपालिकासंग हातेमालो गरेर अगाडी बढ्न बल्ड भिजन तयार रहेको जानकारी गराउनु भयो ।

छलफल कार्यक्रममा नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सामाजिक रुपान्तरणको क्षेत्रमा नगरपालिकाले आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गर्ने बताउनु भयो । भौतिक पुर्वाधार भन्दा मानविय विकासमा नगरपालिका जोड रहेको उहाले बताउनु भयो ।

उहाँले नगर भित्रका विद्यालयहरुमा रुपान्तरण कक्षा सञ्चालन गर्ने समेत बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले सरोकारवालाहरुबाट आएको सुझाबको आधारमा कृयाकलपाहरु अगाडी बढाईने बताउनु भयो ।

उहाँले आज बस्ने कार्यपालिकाको बैठकमा जेसि निति संसोधन,हानिकारक अभ्यास न्युनिकरण निति बनाउने बिषय प्रस्ताव गर्ने समेत जानकारी दिनु भयो । नगर भित्रका महिलाहरुलाई शसक्त बनाउने आफ्नो योजना रहेको भन्दै निति कार्यान्वय र कार्यक्रम प्रभावकारी बनाउन तर्फ आफ्नो जोड रहेको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष नवराज बुढा,महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख अनिता जोशी,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट्,महिला अधिकारकर्मी अप्सरा कुवर,पिसबिनका गोकुल खड्का,आस्था नेपालका भ्वान सिह सार्कि लगायतको उपस्थीति रहेको थियो ।