मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आगलागी हुँदा एक घर जलेर नष्ट

अछाममा आगलागी हुँदा एक घर जलेर नष्ट


अछाम । अछाममा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ कुईकाका जनक उपाध्यायको घर आगलागीबाट जलेर नष्ट भएको हो ।

बिहीबार दिउँसो एक्कसी आगलागी हुँदा घरमा भएको अन्न लत्ताकपडा लगायत करिब १ लाख ५० हजार बराबरको सामाग्रीहरू क्षति भएको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष दुर्गाप्रसाद तिमिल्सैनाले जानकारी दिए ।

आगलागी भएको जानकारी आए लगत्तै नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, कर्मचारी लगायत स्थानीयहरूको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको नगर प्रमुख अम्बिका चलाउनेले बताइन् ।

आगलागीबाट घर क्षति भएको परिवारलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराएको छ । नगर प्रमुख अम्बिका चलाउनेले पीडितको घरमै गएर पाल, कम्बल, भाँडाकुँडा लगायत खाद्यान्न सामाग्री हस्तान्तरण गरेकाे वडा अध्यक्ष दुर्गाप्रसाद तिमिल्सैनाले बताए ।