मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी संस्थाहरू व्यावसायिक र आयमूलक  बन्नु पर्छ : नगर प्रमुख चलाउने

सहकारी संस्थाहरू व्यावसायिक र आयमूलक  बन्नु पर्छ : नगर प्रमुख चलाउने

जनताको जीवनस्तर माथि उकास्न सहकारीको ठुलो भूमिका रहन्छ 


अछाम : पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेले सहकारी संस्थाहरू व्यावसायिक बन्नु पर्ने बताएकी छन् । 

वडा नम्बर – ६ ताेलीमा रहेको वसन्त बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको १३ औँ साधारण सभामा प्रमुख अतिथि रहेकी उनले सहकारी संस्थाहरूले आर्थिक,सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन सदस्य केन्द्रित भएर लाग्नु पर्ने बताएकी हुन् ।

सहकारी संस्थाहरू प्रविधि सँग जोडिएर नवीनतम तथा रचनात्मक कार्यमा अग्रसर हुन पनि नगरप्रमुखले सुझाव दिइन् । 

अहिले धेरै ठाउँमा सहकारी संस्थाहरू सञ्चालनमा आएदेखि गाउँमा चर्को ब्याज तिरेर ऋणीहरू मर्कामा पर्ने कार्य बन्द भएको  उनको भनाइ छ । 

उनका अनुसार सहर बजार तिर सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरू भाग्ने गरेको समाचार सुनिए पनि ग्रामीण भेगमा त्यस्तो कार्य अहिले सम्म नभएको र सुन्नमा आएको छैन ।

सहकारी भन्ने बित्तिकै एउटा साझा उद्देश्य लिएर समान आर्थिक स्तर ,इच्छा,रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक भित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोबार गर्न स्थापना गरेको संस्था भएकाले आयमूलक कार्यमा ऋण लगानी गरी जनताको जीवनस्तर माथि उकास्न सहकारीको ठुलो भूमिका रहेको नगर प्रमुख चलाउनेको भनाइ छ ।