मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसापानी–जंगलघाट–मङ्गलसेन सडकको नाम हरि प्रसाद भण्डारी मार्ग नामाकरण गर्न माग

चिसापानी–जंगलघाट–मङ्गलसेन सडकको नाम हरि प्रसाद भण्डारी मार्ग नामाकरण गर्न माग


कैलाली, सुर्खेत र अछाम जोड्ने चिसापानी–जंगलघाट–मङ्गलसेन सडकको नाम हरि प्रसाद भण्डारीको नामवाट नामाकरण गर्न स्थानियले माग गरेका छन ।

२०२८ सालमा तत्कालीन अछाम जिल्ला पञ्चायतका सभापति स्वः हरिप्रसाद भण्डारीले चिसापानी जंगलघाट मंगलसेन ट्रयाक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेको सडकको नामाकरण स्वः भण्डारीको नामवाट गर्नु पर्ने माग छ ।

विकासवादी नेता हरीप्रसाद भण्डारि पंचायती राजनितिका जनपक्षीय विकासवादी नेता ,सडक नै विकास र परिवर्तको मुख्य आधारशिला ठान्ने भण्डारीले पहाड मै पहिलोपटक २०२४ साल चैत्रमा मोटर पुर्याएका थिए ।

तत्कालीन परिभेषमा अछाम पहाडमा सडक बनाएर गाडी कुदाउनु लाइ आठौ आश्चर्य समेत मानिएको थियो ।
काठमांडौ मा पुग्दा तत्कालीन पञ्चायती नेता हरु ब्याक्ती गत स्वार्थमा सक्रिय रहने परम्पराको ठिक विपरित भण्डारीले अछामका लागी सडक र गाडी मागेका थिए ।

अछाम पाहाडलाइ राष्ट्रिय सडक सञ्जालमा जोडने सपना देख्ने भण्डारीले कर्णाली किनारको कोल्लीमोरा जंगलघाट हुदै तत्कालिन सरकारले दिएको रसियन जिप अछामको सदरमुकाम मंगलसैन सम्म पुरयाएका थिए ।

सडक निर्माण कार्य थालेको ५१ वर्षपछि कालोपत्रे हुने भएको छ । उक्त सडकको गत आर्थिक वर्षमा ट्रयाक निर्माणको काम पूरा भएको र चालू आर्थिक वर्षदेखि कालोपत्रे हुने भएको हो ।

आर्थिक वर्ष २०७९र०८० मा भने सोही सडकखण्डको ५३ किलोमिटर पीच ९कालोपत्रे०का लागि ठेक्काको तयारी थालिएको छ ।

पञ्चायतकालीन नेता स्वर्गीय हरिप्रसाद भण्डारीले चिसापानीबाट बाटो खन्दै सदरमुकाम मङ्गलसेनसम्म जीप र्पुयाए पनि त्यसले निरन्तरता नपाउँदा जिल्ला सडक सञ्जालबाट विमुख भएको थियो ।

२०५९ सालमा धनगढी –साँफेबगर–मङ्गलसेनमा बस सेवा सञ्चालन भएपनि उक्त सडक बढी घुमाउरो छ ।

भण्डारी पछिका अछामका कुनै पनि जिल्ला सभापति र जिल्लाका नेता हरुले जिल्लामा सडक बनाउने तर्फ चासो र चिन्ला लिएनन् ।

राजनितिको फोहरी खेलमा जुटेका तत्कालीन अछामका बाहुवली घरानाका बहुमत नेताले किसान परिवारका हरीप्रसाद भण्डारीको विकास प्रवर्तन र जनपक्षिय सोचको मात्रै खिल्ली उडाए ।

अछामको विकास का लागी सुरु गरेको सडक आन्दोलन बिचमै तुहाइए पनि तराई पहाड बाटो जोड्ने एकमात्र नेता भण्डारी थिए ।

कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिका ३ र मोहन्याल गाउँपालिका ७ मा रहेको चिसापानी मंगलसेन सडकको स्तरोन्नतिका लागि राष्ट्रिय वनको ८.९२ हेक्टर जग्गा सडक लाई प्रयोग गर्न दिने र सो जग्गामा रहेका विभिन्न प्रजातीको ४७२ वटा रुख पोल हटाउन स्वीकृति दिने मन्त्री परिषदको २०८० पुष २४ को बैठकले निर्णय गरेको छ।