मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदकाे रहफमा १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न 

तुर्माखाँदकाे रहफमा १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न 

सिद्धेश्वरी मा.वि धमाली प्रथम 


अछाम : तुर्माखाँद गाउँपालिकामा भएको मा.वि विद्यालय स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा सिद्धेश्वरी मा.वि धमाली प्रथम भएको छ ।

विभिन्न ३० विधामा भएको खेलमा १५ वटा विधामा प्रथम भएर सिद्धेश्वरी माविले शिल्ड जितेको हो ।

छनौट प्रतियोगितामा कालिकेश्वरी मा.वि,तुर्माखाँद ७ विद्या सहित द्वितीय भएको छ भने ३ विद्या हासिल गर्दै विन्देवासिनी मा.वि भैरवस्थान तृतीय भएको छ । 

तुर्माखाँदकाे केन्द्र बाट निकै टाढा विकट वडाको रूपमा रहेको वडा नम्बर १ रहफमा पौष २५ गतेदेखि सुरु भएको खेलमा पालिकाका १२ वटा माद्यामिक विद्यालयका खेलाडीहरूले प्रतिस्पर्धा गरेका हुन । 

वडा नम्बर १ रहफका वडा अध्यक्ष उपेन्द्र बहादुर रावलको अध्यक्षतामा समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी प्रमुख अतिथि रहेका थिए । आगामी दिनमा गाउँपालिका भित्रका खेलाडीहरूको क्षमता अभिवृद्धिका लागी पालिकाले योजना बनाएर काम गर्ने बताए । 

साथै माघ १ गते बाट जिल्ला स्तरीय खेलमा छनौट भएका विभिन्न विद्यामा  भएका  खेलाडी हरू लाई  बन्द प्रशिक्षण गर्ने गरी तयारी गरिने भएकाले सम्पूर्ण खेलाडीहरूलाई कुनै कमी हुन नदिने प्रतिबद्धता समेत गरे ।

अन्य अतिथिहरू वडा नं.८ का  वडा अध्यक्ष निरक शाही,कार्यपालिका सदस्य मञ्जु थापामगर, विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि,समाजसेवी लगायत खेलप्रेमि महानुभावको सहभागिता रहेको थियो ।