मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिकाई क्षति आपूरण गर्न पञ्चदेवल नगरपालिकामा शिक्षकहरू लाई अभिमुखीकरण

सिकाई क्षति आपूरण गर्न पञ्चदेवल नगरपालिकामा शिक्षकहरू लाई अभिमुखीकरण

शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि पालिका जहिल्यै साथमा रहने नगर प्रमुख चलाउनेको प्रतिबद्धता 


अछाम : सिकाई क्षति आपूरण गर्न पञ्चदेवल विनायक नगरपालिकामा आधारभूत तहका शिक्षकहरूका लागि दुई दिने तालिमको सुरुवात भएको छ । 

`म विद्यार्थीका लागि, विद्यार्थी मेरा लागि´ भन्ने मुख्य उद्देश्य सहित शैक्षिक गुणस्तरमा द्रुत सिकाइ प्रवर्द्धन गर्न आधारभूत तहका शिक्षकहरू लाई दुई दिने अभिमुखीकरण तालिम विद्यामन्दिर नमुना माविको हलमा आइतबार देखि सुरु भएको हो । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चदेवल नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले शिक्षा र स्वास्थ्य लाई पहिलो प्राथमिकतामा राखेर पालिकाको कार्ययाेजना बनाएको बताइन् । 

गुणस्तरीय शिक्षाको पहिलो खुड्किलो आधारभूत तह भएकाले शिक्षकहरूले विशेष गरी शिक्षाको जग बलियो बनाउन तर्फ जोड दिनु पर्ने उल्लेख गरिन् ।

विद्यार्थीहरूकाे भाग्य र भविष्य निर्धारण गर्ने गह्रुङ्गो भारी शिक्षकहरू काँधमा रहेको बताउँदै नगर प्रमुख चलाउनेले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि पालिका जहिल्यै साथमा रहने उनको भनाई छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटाले शिक्षकहरूले कहिल्यै अल्छी नगर्न आग्रह गरेका छन् । 

संस्कृतमा गुरु मन्त्र उच्चारण गर्दै प्रशासक सापकोटाले

 गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर: 
गुरु साक्षात् परब्रह्म 
तस्मै श्री गुरुवे नमःगुरुदेव परंब्रम्हा तस्मै श्री गुरवे नमः।।

गुरु ब्राह्माकाे दास्राे रूप भएको बताउँदै उनले आफ्ना सन्तान सम्झेर आधारभूत तहका विद्यार्थीहरू को सुन्दर भविष्य निर्धारण गर्न सुझाव समेत दिएका हुन् ।

कोरोना कहर लगायत विभिन्न कारणले प्रभाव पारेको शैक्षिक गुणस्तर पुनर्ताजगी गर्न देश भरिका ५० वटा स्थानीय तहहरूमा लागु भएको उक्त कार्यक्रम अछामका मङ्गलसेन नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल नगरपालिकामा सुरु भएको शिक्षा शाखा प्रमुख डम्बर थापाले बताए । 

नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षा शाखामा कार्यरत कर्मचारी तपेन्द्र धामीले गरेका थिए । 

शिक्षकहरूको अभिमुखीकरण कार्यक्रम माघ ८ गते सोमवार सम्पन्न हुने तपेन्द्र धामीले जानकारी दिए ।