मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेमोप्लट निर्माण सम्बन्धी तालिम विनायकमा सम्पन्न 

डेमोप्लट निर्माण सम्बन्धी तालिम विनायकमा सम्पन्न 


अछाम । वाक नेपाल अछामको आयोजनामा जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा  स्थानीय श्रोत व्यक्तिहरूका लागि प्रदर्शन स्थल निर्माण (डेमोप्लट) तथा त्यसको महत्त्व सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । 

विदेश मन्त्रालय जापान, वल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग र वाक नेपाल अछामको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

वल्ड भिजन ईन्टरनेश्नल नेपाल र वाक नेपाल अछामको साझेदारीमा अछाममा सञ्चालित समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना लागु भएका २० वटा समुदायका स्थानीय स्रोत व्यक्तिहरूको सहभागितामा  भएको तालिममा समुदायमा प्रदर्शन स्थलको महत्त्व र निर्माण तथा कृषि क्षेत्रमा प्रदर्शन स्थलले पार्ने प्रभाव विषयमा छलफल भएको  छ । 

तालिममा प्लास्टिक टनेल प्रविधि, थोपा सिचाई, भर्मिकम्पोष्ट, नर्सरी व्याड, प्राकृतिक छापो तथा रोग किरा नियन्त्रणका लागि स्थानीय स्तरमा गर्न सकिने प्रविधि लगायतका विषयमा विस्तृत छलफल भएको हो । 

तालिमको सहजिकरण समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण परियोजना विशेषज्ञ कृष्ण तिवारीले गरेका थिए भने सञ्चालन परियोजना संयोजक शिवराज ढुंगानले गरेका हुन  ।