मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस आर्थिक बर्षका योजनाहरु जेठ ३० भित्रै सम्पन्न हुनछन् : प्रमुख प्रशासकीय अधिकृत बिष्ट (भिडियो सहित)

यस आर्थिक बर्षका योजनाहरु जेठ ३० भित्रै सम्पन्न हुनछन् : प्रमुख प्रशासकीय अधिकृत बिष्ट (भिडियो सहित)


अछाम : कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले यस आर्थिक बर्षका योजनाहरु जेष्ठ ३० गते भित्रै सम्पन्न हुने बताएका छन् । सुदूरआजसंगको कुराकानीमा बोल्दै अधिकृत बिष्टले चालु आर्थिक बर्षमा सुरु भएका बिभिन्न योजनाहरु जेष्ठ मसान्त भित्र सक्ने योजना रहेको बताए ।

करार कर्मचारीको बिबादका कारण केहि सयम ढिलो गरी बजेट पारित भएपनि योजना कार्यान्वयनमा ढिलाई नहुने उनको दाबी छ । यो बर्ष केहि ठुला योजना समेत सुरु र निर्माणको चरणमा रहेको उनले बताए ।

अध्कृत बिष्टका अनुसार प्रशासकीय भवनको जग्गा प्राप्ती काम अघी बढाउने, वडा कार्यालयको भवन निर्माण प्रक्रिया सुरु गर्ने, संघिय सरकार संगको समन्वयमा नगरपालिकामा कोल्ड स्टोर निर्माण हुने क्रममा रहेको र प्रदेश सरकार र नगरपालिकाको समन्यमा सभा हल, कर्बड हल निर्माण र १५ सैयाको अस्पताल निर्माणको कार्य अघि बढेका छन् ।

संघियता पश्चात स्थानिय स्तरमा सबै क्षेत्रमा परिर्वतन भएको अधिकृत बिष्टको भनाई छ । पहिले जिल्ला विकास समिती बाट मात्रै बजेट निहित हुने गरेकोमा अहिले स्थानिय स्तरमै बजेट बिनियोजित भएर काम भईरहेकाले विकास हुनेक्रममा रहेको उनले बताए ।

भिडियो