मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमुना विद्यालयमा राजनीतिक रस्साकस्सी , विनायकको विद्यामन्दिर चौतर्फी चर्चामा

नमुना विद्यालयमा राजनीतिक रस्साकस्सी , विनायकको विद्यामन्दिर चौतर्फी चर्चामा

विद्यालयलाई राजनीति गर्ने अखडा नबनाउन अभिभावकहरूको आग्रह


अछाम: जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिकामा रहेको विद्यामन्दिर नमुना मावि पछिल्लो समय चर्चाको विषय बनेको छ । कक्षा १ देखि १२ सम्म पढाइहुने नमुना माविमा प्राविधिक शिक्षा तर्फ कृषि जेटिए र आइएसी एजी समेत पढाइ हुँदै आइरहेको छ । केही समय पहिला भेटेरिनरी जेटिए पढाइ हुँदै आएको भए पनि पछिल्लो समय विद्यार्थी अभावका कारण बन्द भई सकेको छ । कृषि तर्फ पनि विद्यार्थी अभाव भएपछि आर्थिक अभावका कारण बन्द गर्नुपर्ने स्थिति सृजना भएको भन्दै २०८० माघ ६ गते बाट पठनपाठन बन्द गर्ने र कार्यरत कर्मचारीहरू हटाउने निर्णय गरेको थियो ।

कृषि सङ्कायमा कार्यरत कर्मचारी हटाउने विद्यालयको निर्णयलाई लिएर कर्मचारीहरू आन्दोलित भएका छन्। कर्मचारी आन्दोलनका कारण ३ दिन सम्म विद्यालयमा तालाबन्दी भएको थियो । परीक्षाको समय नजिक आइरहेका बेला विद्यालयमा तालाबन्दी विद्यार्थीहरुकाे पढाइ प्रभावित बनेको प्रधानाध्यापक पहलसिंह नेपालीले बताए । प्रधानाध्यापकका अनुसार वडाका जनप्रतिनिधिको रोहबरमा कर्मचारीहरूले लगाएको ताला खोलिएको छ ।

यसरी आफ्ना बालबालिकाको पढाइ प्रभावित भएपछि अभिभावकहरू समेत आक्रोशित भएका छन् । नमुना मावि भएको विद्यालय वेला वेलामा विभिन्न कारणले आलोचित हुँदै गएको विषयमा पनि अभिभावकहरू चिन्तित छन् । पछिल्लो समय विद्यालयमा शिक्षाको गुणस्तरको विषयमा समेत पश्न उठ्दै आएको छ । विद्यालय प्रशासन र व्यवस्थापन समालेका व्यक्तिहरू बाट राजनीति हुन थालेपछि विद्यालयको गुणस्तर खस्किँदै गएको अविभावकहरु बत्ताउँछन् । आफ्ना बालबालिकाको भविष्यको चिन्ता गर्दै शिक्षा जस्तो पवित्र ठाउँमा राजनीति गर्न नहुने उनीहरूको धारणा छ ।


विद्यालयमा तालाबन्दी भएपछि पछिल्लो समय सामाजिक सञ्जालमा विद्यालयका विषयमा विभिन्न खालका टीका टिप्पणी हुँदै आइरहेका छन् । विद्यालयलाई राजनीति गर्ने अखडा बनाउनु हुँदैन, बिद्यार्थीहरुकाे भविष्यमाथि खेलबाड गर्न पाइँदैन , राजनीतिक प्रतिसोधका आधारमा सार्वजनिक संस्थाको इमेजमाथि आँच आउने खालका गतिविधि बन्द गरिनु पर्छ भन्ने लगायतका अभिव्यक्तिहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा आएका विभिन्न खाले टिप्पणीहरूको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेर बहादुर बुढाले सामाजिक सञ्जाल बाट नै खण्डन गरेका छन् । उनले ज्यानको बलि दिन तयार रहेको तर विद्यालयको अहित हुने कुनै पनि निर्णय नगर्ने तर्क दिएका छन् । आफू एमालेको जिल्ला कमिटी सचिवालय सदस्य भएको कारण आफूसँग राजनीतिक प्रतिशोध साध्ने गरेको र कुनै पनि राजनीतिक दबाबको आफूलाई स्वीकार्य नहुने उनको जिकिर छ । विद्यालयमा आम्दानीको स्रोत नभएका कारण कर्मचारी हटाउनु परेको उनले उल्लेख गरेका छन् ।

प्राविधिक तर्फका ५ जना कर्मचारीहरू पाल्नलाई वार्षिक अठार लाख तिरानब्बे हजार नौ सय सत्तरी रुपैयाँ आवश्यक पर्ने हुँदा स्रोत जुटाउन नसकिने भन्दै कर्मचारी हटाउनु पर्ने निर्णय गरेको उनले लेखेका छन् । अन्तमा राजनैतिक भाषामा लेख्छन् आफ्नै पार्टी एमालेका नेताहरू आफ्नो निर्णय विरुद्ध टीकाटिप्पणी गरेको आशय व्यक्त गर्दै “आफ्नै पार्टीका नेताहरू जिम्मेवार हुन आग्रह गर्दछु ।”

उनको यो अभिव्यक्तिमा राजनीति झल्किएको स्थानीयहरूको आरोप छ । उनको यो अभिव्यक्तिमा विभिन्न टीकाटिप्पणी भइरहेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । उनको यस्तो अभिव्यक्ति आइसके पछि उनकै पार्टीका नेताले त्यसको खण्डन गरिरहेको देख्न सकिन्छ ।

पञ्चदेवल विनायक नगरपालिकाका सम्पूर्ण राजनीतिक दलका नेताहरूका बिचमा कर्मचारीका विषयमा तर्क वितर्क भइरहेको समेत सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

विद्यालयका विषयमा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताका आआफ्नै धारणाहरू आइरहेका छन् , पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३का निवर्तमान वडा अध्यक्ष तथा नेकपा एमालेका नेता सुरेन्द्र साहीले विद्यामन्दिर नमुना माविको तलाबन्दीकाे विषयलाई गम्भीर रूपमा नलिएर समस्याको समाधान नभए रक्तपातको स्थिति सृजना हुन सक्ने आकलन गरेका छन्  । उनी लेख्छन , विद्यालय राजनीतिको अखडा हुदै होइन । यस घटनामा राजनीति जोड्नु र कसैको आड लिएर अरूलाई बदनाम गर्ने खालको गतिविधि गर्नु राम्रो होइन । `विद्यालयमा तालाबन्दी भएका बेला परिस्थितिलाई सहज बनाउनुको सट्टा धम्कीपूर्ण भाषा बोल्ने रक्तपात चाहने, वार्ता र छलफलमा भाग नलिने खालको प्रवृत्तिले कसैलाई राम्रो हुनेछैन´उनले भने । यसप्रति सबै सरोकारवाला हरुले जिम्मेवार पूर्ण भई निकासको लागि आआफ्नो ठाउँबाट पहल गर्न हुन अनुरोध समेत गर्दछु ।

यहाँ सबैले आआफ्ना भाषा प्रयोग गरिरहे पनि वास्तविक समस्या प्रति कोही पनि जिम्मेवार नरहेको स्पष्ट देख्न सकिन्छ। पीडित कर्मचारीहरू भने निरीह जस्तै सामाजिक सञ्जालमा आइरहेका टिकाटिप्णीहरुकाे रमिता हेरेर बसिरहेका छन् । उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने कुरा कतैबाट आएको देखिँदैन । यस विषयमा जिम्मेवार को हो त आखिर ? कुनै बेला जिल्लामै उत्कृष्ट रहेको नमुना मावि किन यति आलोचित हुनु परिरहेको छ ? कुनै बेला आर्थिक रूपले सम्पन्न विद्यालय अहिले कर्मचारी पाल्न नसक्ने अवस्थामा कसरी पुग्यो ? यी र यस्ता तमाम विषयमा समीक्षा हुन जरुरी देखिन्छ ।

जिल्लाकै नमुना मावि पञ्चदेवल विनायक नगरपालिकाको उत्कृष्ट विद्यालयको शैक्षिक गुणस्तरमा विभिन्न खाले प्रश्नहरू उठ्ने गरेका छन्।

समस्या सबै ठाउँमा हुन्छन् र समस्याको समाधान पनि हुने गर्छ , त्यसको लागि जिम्मेवार नेतृत्व हुन जरुरी हुन्छ ।यदि आर्थिक अभावकै कारण कर्मचारी हटाउनु पर्ने स्थित सृजना भएको भए स्थानीय सरकार ,अभिभावक, समाजसेवी बुद्धिजीवी राजनैतिक दल सराेकारवाला निकायहरू सँग एकचाेटी छलफल गरेर निष्कर्षमा जान सकिन्थ्याे यसो गर्दा समस्याको सहज समाधान हुने थियो ।

आर्थिक अभावका कारण कर्मचारी हटाउने विद्यालय व्यवस्थापन समितिको निर्णय प्रति स्थानीयहरूले आलोचना गरिरहेका छन् । अभिभावक, स्थानीय राजनैतिक दलका प्रतिनिधि, स्थानीय सरकार,सराेकारवाला निकाय हरु सँग छलफल र समन्वय गरेर निर्णय गरिनुको साटो विद्यालय व्यवस्थापन समितिले मनाेमानी कर्मचारी हटाउने निर्णय गरेको हो।