मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रमिता सदाका लागि अस्ताइन,गाउँ शोकमा

रमिता सदाका लागि अस्ताइन,गाउँ शोकमा


अछाम । अन्ततः क्यान्सरलाई जित्न नसकेर रमीताले संसार छोडेकी छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ५ लयाँटी  घर भएकी सबईन्जिनियर रमिता रावलको निधन भएको छ । 

नेपालगन्ज महानगरपालिकामा कार्यरत रावलको क्यान्सरका कारण मृत्यु भएको हो । उनी लामो समय सम्म क्यान्सर रोगबाट पीडित थिइन । 

उनको मृत्युले जन्मस्थान पञ्चदेवल विनायक नगरपालिका र उनी जन्मिएको गाउँ शोकमा छ । नगरपालिकाको ऊर्जावान् युवाको मृत्युले नगरलाई अपूरणीय क्षति भएको छ । उनको मृत्युको खबरले नगरप्रमुख अम्बिका चलाउनेले सामाजिक सञ्जालमा शोक व्यक्त गरेकी छन् । उनले लेखेकी छन् ‘ यस्तो खबर सुन्न नपरोस् भन्ने चाहन्थे बहिनी रमिता । अल्प आयुमा नै तिम्रो दुखद निधनको खबरले स्तब्ध बनायो । आमा,बुवा र तिम्रो रातदिन सेवामा रहेको दाई लाई कति पिडा भयो होला । यस्तो बज्रपात कसैको परिवारमा नपरोस् ’ । उनका साथी आफन्तले उनलाई श्रद्धाञ्जली दिएका छन् । 

माद्यमीक शिक्षा गाउँकै नवज्वति मा वि बाट पुरा गरेर नेपालगन्जमा थप अध्ययन गरी जागिर सुरु गरेकी रावललाई पाठेघर र आन्द्राको क्यान्सर थियो । नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालमा उपचार गराई रहेकी रावलको मङ्गलवार बिहान काठ्माण्डौमा निधन भएको हो ।