मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमा आगलागी हुदाँ अछाममा २ को मृत्यु

घरमा आगलागी हुदाँ अछाममा २ को मृत्यु


अछाम : घरमा आगलागी हुदाँ अछाम जिल्लामा २ को मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाँउपालिका वडा नं. ३ दर्वामा घरमा आगलागि हुदाँ एक बालक र एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जय बहादुर बुढाकी अन्दाजी ६ बर्षिय छोरी निरुता बुडा र झंकरे बुढाका अन्दाजी ३ बर्षिय छोरो अंकित बुढा रहेका छन् ।

बुधबार साँझ घरको आगनमा खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई घरमा आगलागी भएको थियो ।

खरले छाएको घरमा आगो सल्किदाँ उनिहरु गोठमा जाँदा आगोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ ।