मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यनाथ कोटीहोमको हवन कुण्डमा आगलागी

वैद्यनाथ कोटीहोमको हवन कुण्डमा आगलागी


अछामको वैद्यनाथ धाममा जारी कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।

फागुन १० गतेबाट सुरु भएको कोटीहोम महायज्ञको हवन कुण्डमा आगलागी भएको हो ।

शनिवार दिउँसो करिब १:३० बजे हवन कुण्डमा आगलागी भएको बताईएको छ ।

हवन कुण्डमा आगलागी भएको दृश्यहरू सामाजिक संजालमा सार्वजनिक भएका छन् ।

कोटी होम महायज्ञको मुख्य होम कुण्डमा होम गरिरहेको अबस्थामा आगोको झिल्लाले एक्कासी आगलागी हुँदा होम कुण्ड जली पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानियको सहयोगमा आगो नियत्रणमा आईसकेको मानबिय क्षेती केही नभएको प्रहरीले बताएको छ ।

फागुन १० गते देखी सुरु भएको कोटीहोम फागुन २५ गतेसम्म संचालन हुने छ ।