मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निजामती कर्मचारी युनियनको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रम मंगलसेनमा

निजामती कर्मचारी युनियनको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रम मंगलसेनमा

देश विकास र समाज परिवर्तनमा कर्मचारीको पनि महत्वपुर्ण भूमिका हुन्छ : शाह


अछाम : नेपाल निजामती कर्मचारी युनियनको संगठन बिस्तार तथा सुदृढीकरण कार्यक्रम अछाम जिल्लाको मंगलसेनमा सम्पन्न भएको छ ।

युनियन अछामका अध्यक्ष झपटराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति एवं प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहेका थिए ।

सभापती शाहले कर्मचारी राष्ट्र सेवक भएकाले जनताको पक्षमा सधैँ क्रियाशिल भएर काम गर्नुपर्ने बताए । देश विकास र समाज परिवर्तनमा कर्मचारीको ठुलो हात हुने भएकाले त्यहि अनुसार काम गर्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली निजामती कर्मचारी युनियनका सुदुरपश्चिम प्रदेश अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष धर्म देउवा रहेका थिए ।

निजामति कर्मचारीहरुलाई एकताबद्ध भएर थप सशक्त हुन केन्द्रीय कार्यक्रम अनुसार अभियान थालिएको कर्मचारी युनियन अछामका अध्यक्ष झपट राज ढुंगानाले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा कर्मचारीहरुका पेशागत हकहितका लागि वकालत गर्ने, युनियनमा नयाँ सदस्यता आवद्ध गराउने तथा संगठन सुदृढीकरण गर्ने विषयमा छलफल भएको नेपाल निजामती कर्मचारी युनियन अछामका उपाध्यक्ष बिष्णु उपाध्यायले बताए ।

कार्यक्रममा निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य अमृता रावल ,जयन्द्र पाण्डे ,प्रकाश खाती लगायत नेपाल निजामति कर्मचारी युनियनमा आवद्ध अछाम जिल्लामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।