मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाज रुपान्तरणको संवाहक शिक्षक हुन् : शाह

समाज रुपान्तरणको संवाहक शिक्षक हुन् : शाह

नेपाल शिक्षक संघ अछामको २२ औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न


अछाम: नेपाल शिक्षक संघ अछामले २२औँ जिल्ला प्रतिनिधि सभा सम्पन्न गरेको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा उक्त सभा सम्पन्न गरेको हो । ‘‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेशाको पुर्बाधार’’ भन्ने नाराका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम नेपाली काङ्ग्रेस अछामका सभापति पुष्प बहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माननीय शाहले समाज रुपान्तरणको संवाहक शिक्षक भएको बताए ।

शाहले बिधालय शिक्षा बिधेक लगायत अन्य बिधेकहरु सदनमा प्रस्तुत भय पनि पारित हुन नसकेका दुखेसो व्यक्त गरे । साथै उनले उपयुक्त शिक्षा नीति नबन्दा अन्य क्षेत्र पनि अस्तब्यस्त रहेको बताए । साथै शाहले पार्टी कार्यालयको जग्गाको बिषय संग आफुलाइ जोडेर अनावश्यक कुप्रचार गर्ने गरेको दुखेसो पनि गरे। स्थानिय तहका जनप्रतिनिधी कार्यकर्ता र पार्टी बिच समन्वयको अभाब खडकेको बताए ।

विशिष्ट अतिथी पुर्ब प्रतिनिधि सभा सदस्य राम बहादुर बिष्टले समाज रुपान्तरण लोकतन्त्रका हिमायति शिक्षकहरुले लोकतनत्रको खातिर विभिन्न कालखण्डहरुमा बलिदान दिएको बताए । त्यस्तै देशको शिक्षानीति सोचे अनुरुप नहुदा बिद्यार्थीहरु देश बाहिर पलायन हुने गरेको बताए ।

नेपाल शिक्षक संघ संघिय उपाध्यक्ष खडक बहादुर खड्काले बिशिस्ट अतिथिकोको आसन बाट बोल्दै आफू सहजकर्ताको रुपमा अछाम आयको बताउदै नेपाल शिक्षक संघ अछाम बिगत देखि बर्तमान सम्म बलियो संगठनको रुपमा रहेको बताए । नेपालमा गुणस्तरीय शिक्षाको विकल्प नरहेको बताउँदै उनले आफ्नो पेशाप्रति शिक्षक सधै दत्तचित्त भएर लाग्न आग्रह गरे ।

निरङ्कुश शासन व्यवस्थाको बेलामा पनि प्रजातन्त्र प्राप्तिका लागि शिक्षकहरुले पुर्याएको योगदान अतुलनिय रहेको बताए । नेपालको शिक्षा प्रणालीमा सुधार नहुदा शिक्षा क्षेत्र अस्तब्यस्त रहेकोले शिक्षक हरुका माग र शिक्षा ऐन परिमार्जनका बिषयमा नेपाल शिक्षक संघ केन्द्र्मा निरन्तर लागी परेको बताए ।

जिल्ला समन्वय समिती अछामका प्रमुख ललित कुवरले सम्बोधन गर्दै शिक्षकहरुको योगदानलाई राज्यले सहि मुल्याङकन गर्न नसकेको बताए ।

प्रतिनिधि सभामा महासमिति सदस्य बल बहादुर कुवर, पदमराज अधिकारी, नेपाल शिक्षक संघका पुर्ब केन्द्रीय सदस्य मदन कुवर, देबेन्द्र शाह, नेपाल शिक्षक महासंघ उपाध्यक्ष बद्री रिमाल, सचिब हर्क बिष्ट , पुर्ब अध्यक्ष दिपक कुवर, नेपाल तरुण दल अध्यक्ष रमेश बिष्ट , शिक्षक संघ का निबर्तमान उपाध्यक्ष राम बहादुर साउद, शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जय बहादुर बोगटी , नेपाल राहत शिक्षक समितिका अध्यक्ष कुलराज जोशी , नेपाल शिक्षक संघ साफेबगर नगर अध्यक्ष शंकर कुवर , तुर्माखाद पालिका अध्यक्ष बद्री धमालाले मन्तब्य राखेका थिए।

कार्यक्रममा नेपाल शिक्ष संघ अछामका सचिब रुपानन्द उपाध्यायले सङठनिक प्रतिबेदन, महिला बिभाग प्रमुख सारदा चलाउनेले महिला बिभागको प्रतिबेदन र अर्थ सचिव टंक तिमिलसेना रु. ७ लाख ८५ हजार ९ सय २६ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्र राज जोशी को अध्यक्षता रहेको कार्यक्रममा महिला उपाध्यक्ष शारदा चलाउनेको स्वागत मन्तव्य तथा सचिव रुपानन्द उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघमा आबद्ध शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।