मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागी भएको हवनकुण्डको पुनःनिर्माण गरि पूजाआजा सुरु

आगलागी भएको हवनकुण्डको पुनःनिर्माण गरि पूजाआजा सुरु


अछाम। फागुन १० गतेबाट वैद्यनाथ धाममा जारी कोटिहोममा हवन गर्ने क्रममा शनिबार प्रमुख हवन कुण्डमा आगालागी हुँदा कुण्डको खर जलेको थियो। आगोको झिल्कोले कुण्डमा लगाईएको तेस्रो तलाका खरमा समात्न गई क्षति भएको थियो।

आगलागीबाट पुगेको क्षेतिको पुर्नःनिर्माण गर्दै हवन कुण्डमा पूजाआजाको काम आइतबारबाट सुचारु भएको कोटिहोमका अध्यक्ष एवम पूर्व मन्त्री शेर बहादुर कुँवरले जानकारी दिe । हवन कुण्ड निमार्णसंगै क्षमायाचना गरेर नियमित रुपमा कोटिहोममा हवन कार्यको सुरुवात भएको छ।

हवन कुण्डमा निर्माणमा कार्यमा अहोरात्र खट्ने दक्ष मिस्त्री, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, लायन्स क्लव, मानवसेवा फाउण्डेसन र आयोजकको प्रयासमा क्षति भएको एक दिन नवित्दै हवन कुण्ड निर्माण भएर पूजाआजको काम सुरु भएको अध्यक्ष कुँवरले जानकारी दिए।

हवन कुण्ड निर्माणको लागि कोटिहोमका उपाध्यक्ष, एवम साँफेबगर नगरपालिका निर्वतमान नगर प्रमुख कुल बहादुर कुँवर, महासचिव देवराज उपाध्याय, दाउरा समितिका संयोजक अशोक कुँवर, नेपाली सेनाका क्याप्टेन ज्ञानेन्द्र कुँवर, खप्तड गुल्मका शसस्त्र प्रहरी निरिक्षक पुष्कर बम, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक जयलाल कैला, लायन्स क्लवका अध्यक्ष कृष्ण बहादुर कुँवर, युवा व्यवसायी चेतराज कुँवर र दीर्घ ठकुल्लाले शनिबार रात भर मिस्त्री खटाएका थिए । निर्माण कार्य थालेको ८/९ घण्टा भित्र कुण्ड पूर्ण रुपमा निर्माण भएको छ।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्तित्वक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोमको आयोजना भएको छ। वैद्यनाथ धाममा आयोजित कोटिहोममा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएको छ।

कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरि रहनु भएको थियो। कोटिहोम महायज्ञ फागुन २५ गते महाशिवरात्रीको दिन सम्म चल्ने आयोजकले जनाएको छ।