मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छैठौं साँफेबगर महोत्सबमा ९३ लाख संकलन, ५२ लाख बढि बचत

छैठौं साँफेबगर महोत्सबमा ९३ लाख संकलन, ५२ लाख बढि बचत


अछाम : छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गरिएको छ । महोत्सवमा ९३ लाख संकलन, भने ४० लाख ५८ हजार ५२२ खर्च र ५२ लाख बढी बचत भएको छ । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा बसेको बैठकले छैठौं साँफेबगर महोत्सबको आय व्यय सार्वजनिक गरेको हो । 

बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापनाका लागि सञ्चालित महोत्सवमा आय तर्फ बैंक तथा वित्तिय संस्था बाट ५ लाख ८५ हजार, साँफेबगर स्थित कम्पनिहरु बाट १ लाख ७४ हजार,  धनगढि बाट सहयोग संकलन ३ लाख ११ हजार ५०, अछाम बाट सहयोग संकलन ३ लाख ७४ हजार,  टिकट र सिजनल पासबाट संकलन गरिएको रकम २३ लाख ५९ हजार ४ सय २९, लायन्स सदस्यबाट संकलन गरिएको रकम ६ लाख १० हजार, रमाईलो मेलाबाट ५१ हजार, भलिबलको टिम दर्ता शुल्क बाट ४८ हजार, कलाकार बाट सहयोग रकम ६३ हजार १ सय पचहत्तर, स्टल भाडा बाफत २ लाख ४० हजार, विजयमुर्ति महाराज बाट सहयोग रकम ७५ हजार, आयुष सिंह ठकुरिबाट ५० हजार, लोक बहादुर चलाउने बाट १० हजार र स्थानिय तह तथा सामाजिक विकास मन्त्रालयबाट ४३ लाख ५० हजार गरि ९३ लाख ६ सय चौपन्न संकलन गरिएको छ

व्यय तर्फ कलाकार को पारिश्रमिक १३ लाख ९५ हजार ५ सय, पिंकि टेन्ट  हाउस ८ लाख, बाध्यबाधन ८९ हजार, सुरक्षा निकाय १ लाख ७८ हजार, प्रिन्टिङ स्टेस्नरि ४ लाख २० हजार, भलिबल खेल को खर्च ५ लाख १ हजार ३ सय २०, यातायात तथा ईन्धन २ लाख ९५ हजार १ सय २७, बिविध सामान खरिद बिल बाट ८७ हजार ५ सय २०, मैदान निर्माण ३३ हजार ८ सय ४०, आवास तथा भोजन २ लाख ४३ हजार २ सय १५ गरि जम्मा खर्च ४० लाख ५८ हजार ५ सय २२ भएको सार्वजनिक गरिएको छ

बचत नगद २ लाख ६६ हजार ७ सय २ रुपैयाँ र उठ्न बाँकि रकम ४९ लाख ७५ हजार ४ सय ३० गरि ५२ लाख ४२ हजार १ सय ३२ रुपैयाँ रहेको छ । 

माघ २६ गते देखि फाल्गुन ४ गते सम्म भएको छैठौं साँफेबगर महोत्सब को मुख्य उद्देश्य बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना गर्ने रहेको थियो । लायन्स क्लब अफ साँफेबगरका अध्यक्ष कृष्ण कुँवरले यथा शिघ्र बयालपाटा अस्पतालमा ब्लड बैंक स्थापना हुने काम संचालन हुने बताए ।

फाल्गुण २९ गतेको बैठकमा लायन्स क्लब अफ साँफेबगरलाई छैठौं साँफेबगर महोत्सब सम्पन्न गर्न महत्त्वपुर्ण सहयोग गर्ने सामाजिक विकास मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानिय तहहरु, जनप्रतीनिधी ज्युहरु, सरकारी कार्यालय हरु, संघ संस्थाहरु, व्यवसायिक कम्पनिहरु, निजी अस्पतालहरु, सुरक्षा निकायहरु, विभिन्न पेशाम आवद्ध रहेका कर्मचारी, विध्यालय परिवार, व्यवसायी, स्थानिय झाँकी प्रस्तुत गर्ने कलाकारहरु, रक्तदान गर्ने रक्तदाताहरु, वाणिज्य कार्यालय मंगलसैन, बैङ्क तथा वित्तिय संघ संस्थाहरु, ईन्सोरेन्स कम्पनीहरु, पत्रकार लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णलाई मुल आयोजक समितीले धन्यवद ज्ञापन गरेको थियो ।