मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई र ८ कक्षामा उत्कृष्ट अंक ल्याए मेल्लेख ५ ले पुरस्कार दिने

एसईई र ८ कक्षामा उत्कृष्ट अंक ल्याए मेल्लेख ५ ले पुरस्कार दिने


अछाम : अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ५  बिन्धेवासिनिले यस शैक्षिक शत्रमा कक्षा ८ र एसईईमा उत्कृष्ट हुने छात्र छात्रालाई नगद पुरुस्कार दिने निर्णय गरेकाे छ ।

बुधबार बसेकाे वडा समितिकाे बैठकले विद्यालयमा पहुँच, उच्च शिक्षा हासिल बिद्यालयमा आकर्षित गराउने तथा विद्यार्थीको हौसला बढाउने उदेश्य राख्दै कक्षा ८ एसईई परिक्षामा सर्वाधिक अंक ल्याई उतिर्ण हुने छात्र छात्रा लाई कक्षा ८ मा पालिका प्रथम लाई २१ हजार १ सय १ द्वितीय हुनेलाई  १५ हजार १सय १ तृतीय १० हजार १ सय १ नगद  पुरुस्कारकाे व्यवस्था गरिने वडा न. ५ का वडा अध्यक्ष प्रकाश बहादुर अधिकारीले बताए।

वडा न.५ घटेडाडा आधारभुत बिद्यालय सरानि  र जनता नमुना प्राबिधिक बिधालय मेल्लेखका छात्र छात्रा हरुका लागि एसईई  ५ न.वडा प्रथम लाई ५० हजार १ सय १ एस ई ईमा मेल्लेख गाउपालिका प्रथम भए १ लाख १ सय १ नगद पुरस्कार प्रदान गरिने वडा अध्यक्ष अधिकारीले बताए । उक्त नगद पुरुस्कारकाे लागि वडाको स्थायी बासिन्दा हुनुपर्ने वडाध्यक्ष अधिकारीले बताए ।