मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामको आयोजनामा ठुलासैनमा होली मिलन कार्यक्रम सम्पन्न

पत्रकार महासंघ अछामको आयोजनामा ठुलासैनमा होली मिलन कार्यक्रम सम्पन्न


अछाम : नेपाल पत्रकार महासंघ अछामको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंगहरुको पर्वका रुपमा लिईने नेपालीहरुको महान पर्व होलीको अवसरमा ठुलासैनमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा भएको होली मिलन कार्यक्रममा नेपाल पत्रकार महासंघ कानुन बिभागका केन्द्रीय सदस्य यज्ञराज ढुंगाना प्रमख अतिथि रहेका थिए ।

प्रमुख अथिति ढुंगानाले शुभकामना मन्तव्य राख्दै महासंघ अछामले रचनात्मक काम गर्दै आएकोमा खुशी व्यक्त गरे । आगामी दिनमा समेत यस्तै कार्य गर्दे महासंघ अछामले सबै सञ्चारकर्मी तथा मिडिया हाउसका बिषयमा आवाज बुलन्द गर्नुपर्ने सुझाब व्यक्त गरे । यस्तै सबै बिचार राख्ने पत्रकारहरुलाई समेटेर साझा महासंघ बनाउन समेत पहल गर्नुपर्ने उनको भनाई थियो ।

र्काक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिवराज ढुंगाना, प्रेस यूनियनका केन्द्रीय सदस्य सुशिल भण्डारी, प्रेस चौतारी नेपाल अछाम शाखा अध्यक्ष टेक बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्दै महासंघ अछामले गरेका हरेक रचनात्मक क्रियाकलाप प्रशंसनिय रहेको र आगामी दिनमा अझै क्रियाशिल हुनुपर्ने धारणा राखे । साथै उनिहरुले होली पर्वको अवसरमा सबै सञ्चारकर्मीहरुलाई शुभकामना व्यक्त गर्दै आगामी अधिबेशनबाट सर्बसम्मत रुपमा जिल्लामा सबैको प्रतिनिधित्व हुने गरि महासंघको नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए ।

महासंघ अछामका उपाध्यक्ष रमेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण बहादुर खड्काले गरेका थिए । नेपाली कांग्रेसका महासमित सदस्य पदमराज अधिकारीको समेत उपस्थिती रहेको कार्यक्रममा पत्रकार एवंम सञ्चारकर्मीहरुको सहभागीता थियो ।

यसअघि होली पर्व २०८० कै अवसरमा जिल्ला प्रहरी कार्यालय अछाममा प्रहरी र पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, प्रहरी नायव निरिक्षक डिएसपी सन्लोष पाठक लगायतको सहभागिता रहेको थियो ।