मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुहोस् पोखरामा यसरी भयो बस दुर्घटना

हेर्नुहोस् पोखरामा यसरी भयो बस दुर्घटना


कास्की । पोखरा लेखनाथको अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ ।

बसमा चालक र सहचालकमात्र रहेको जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले जानकारी दिए ।

बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।