मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन र साँफेमा सहकारी संस्था र एग्रोभेटहरुको अनुगमन

मंगलसेन र साँफेमा सहकारी संस्था र एग्रोभेटहरुको अनुगमन


अछाम : अछाम जिल्लाको मंगलसैन र साँफेबगरमा सहकारी संस्था र एग्रोभेटहरुको अनुगमन गरिएको छ । कृषि ज्ञान केन्द्र अछामको आयोजनामा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष बिकको नेतृत्वमा अनुगन गरिएको हो ।

अनुगमनका क्रममा कतिपय सहकारीप् तथा एग्रोहरु दर्ता नभएको, नविकरण नभएको पाईएकाले त्यस्ता सहकारी र एग्रोहरुलाई प्रक्रिया पुरा गरेर मात्र काम गर्न निर्देशन गरिएको अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए । सहकारी संस्था तथा एग्रोभेट पसलहरुले दर्ता प्रमाण पत्र देखिने गरि राख्नुपर्ने, थप कारोबार तथा व्यावसाय गर्दा सम्बन्धित संसथाबाट स्वीकृत लिनुपर्ने, सहकारी संस्थाले कार्ययोजना बनाउनुपर्ने र सहकारी संस्थाको अर्डर स्लिप र बिल छुट्टा छुट्टै हुनुपर्ने सुझाब दिईएको अध्यक्ष खत्रीले बताए ।

अनुगमनमा कोलेनिकाका नरेश राज भट्ट, भेटनरी अस्पतालका झनक दत्त ढुंगाना, घरेलु अछामका भिम बहादुर सिंह, प्रधानमन्त्री आधुनिकिकरण कृषी रोजगारका कृषि अधिकृत युवराज बिक र कृषी ज्ञान केन्द्रका प्राबिधिक सहायक कैलाश पुन लगायतको सहभागिता रहेको थियो ।