मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्ना बालबालिकालाई बिद्यालय पठाउने सोचमा हुनुहुन्छ, शान्तीदीप हुन सक्छ् उत्कृष्ट गन्तव्य

आफ्ना बालबालिकालाई बिद्यालय पठाउने सोचमा हुनुहुन्छ, शान्तीदीप हुन सक्छ् उत्कृष्ट गन्तव्य


अछाम : बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ७ मा रहेको शान्तिदिप पब्लिक स्कुलले नर्सरी देखि कक्षा ६ सम्म उत्कृष्ट नतिजा ल्याउने जेहेन्दार बिद्यार्थीलाई छात्रबृद्धि दिने भएको छ । बिगत १५ बर्ष देखि शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको शान्तिदिपले सो छात्रबृद्धिको घोषणा गरेको हो ।

नवबर्ष २०८१ सालको पठनपाठनका लागि नर्सरी देखि ६ कक्षा सम्मका लागि नयाँ भर्ना खुले संगै उक्त घोषणा गरेको हो । कक्षामा उत्कृष्ट हुने जेहेन्दार बिद्यार्थीलाई छात्रबृद्धि दिने र असाह्य, गरिब परिवारका बिद्यार्थीलाई छुटको समेत व्यावस्था गरिएको बिद्यालयका प्रधानाध्यापक सन्तोष भण्डारीले बताए ।

बिद्यालयको आफ्नै सुबिधा सम्पन्न, भुकम्प प्रतिरोधी दुई तले पक्की भवन रहेको छ भने दक्ष, अनुभवि तथा तालिम प्राप्त शिक्षक, शिक्षिकाहरु द्धारा अध्ययन, अध्यापन गराउदै आईरहेको छ ।

पुर्वाधारहरु बालमैत्रि रहेको बिद्यालयले अतिरिक्त क्रियाकलापहरुमा बिशेष जोड दिदै आईरहेको छ । बिधार्थीहरुलाई उनिहरुको मानसिक, शारिरिक र संवेगात्मक विकासमा ध्यान दिदै पारिवारिक वातावरणमा पढाउदै आईरहेको छ ।

हरेक बर्ष विभिन्न धार्मीक तथा ऐतिहाँसिक क्षेत्रहरुको शैक्षिक तथा अवलोकन भ्रमण गराँउदै आईरहेको बिद्यालयमा स्वच्छ र पर्याप्त खानेपानीको व्यबस्था रहेको छ । बालमैत्रि शौचालयहरुको व्यबस्था रहेको बिद्यालयको आफ्नै पुस्तकालय रहेको छ ।

कम्प्युटर प्रयोगशालाका साथै २४ घण्टा ईन्टरनेटको ब्यवस्था रहेको बिद्यालयमा पर्याप्त खेल मैदानको व्यवस्था रहेको छ भने नर्सरीका बालबालिकाहरुलाई मण्टेश्वरी पद्धती द्धारा पठनपाठन गराँउदै आईरहेको छ ।

आफ्ना बालबालिकालाई बिद्यालय पठाउने र राम्रो शिक्षा दिलाउन चाहनेहरुका लागि बाजुराको बुढीगंगा ७ मा रहेको शान्तिदिप उत्कृष्ट गन्तव्य हुन सक्छ् ।