मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाजरकोटमा निशुल्क हाडजोर्नी शिबिर, १८ जनाको शल्यक्रिया सहित ४८६ जनाले लिए सेवा

जाजरकोटमा निशुल्क हाडजोर्नी शिबिर, १८ जनाको शल्यक्रिया सहित ४८६ जनाले लिए सेवा

४ जना बिशेषज्ञ डाक्टर सहितको टोलीबाट उपचार


खलंगा : जाजरकोट जिल्ला अस्पतालमा निशुल्क हाडजोर्नी शिबिर सम्पन्न भएको छ । ३ दिन सम्म चलेको शिबिरबाट ४ सय ८६ जनाले निशुल्क सेवा पाएका छन् ।

जेठ १६ गते देखि १८ गते सम्म चलेको हाडजोर्नी शिबिरमा १८ जनाको जनाको शल्यक्रिया भएको छ । जसमा ४ जनाको माईनर शल्यक्रिया पनि भएको छ भने २५ जनाले मनोसामाजिक परार्मश सेवा समेत पाएका छन् ।

जाजरकोट जिल्लाको बिभिन्न ठाँउबाट आएका सेवाग्राहीले आफ्नै जिल्लामा निशुल्क हाडजोर्नीको सेवाका साथै शल्यक्रिया समेत पाउदाँ खुशी भएका छन् । बाहिर जाँदा लाखौँ खर्च हुन्थ्यो शिबिरमा शल्यक्रिया पाएका बिरामीले भने जिल्ला मै निशुल्क बिशेषज्ञ डाक्टरबाट सेवा पाँउदा एकदमै खुशी छौँ ।

जाजरकोटमा शिबिर नभएको भए मैले उपचार गर्न सुर्खेत वा नेपालगञ्ज जानुपर्ने थियो तर जाजरकोटमा शिबिर भयो र निशुल्क शल्यक्रिया उपचार पाउदाँ एकदमै हर्षित छु सुर्खेतको सिम्ता गाँउपालिका बाट आएका बिरामीको भनाई थियो ।

४ जना बिशेषज्ञ डाक्टरको टिमबाट सेवा

निशुल्क हाडजोर्नी शिबिरका लागि ४ जना बिशेषज्ञ डाक्टर जाजरकोट आएका थिए । न्याय हेल्थ नेपाल बयालपाटा अस्पताका मेडिकल तथा शल्यचित्सिा निर्देशक एवंम हाडजोर्नी बिशेषज्ञ डा. मन्दिप पाठक, एमडिजिपी डा. बिनोद दंगाल, हाडजोर्नी बिशेषज्ञ डा. रितेश पोखरेल र हाडजोर्नी बिशेषज्ञ डा. रुपेश केसीले शिबिरमा बिरामीलाई सेवा दिएका हुन् ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल अछामको आयोजना तथा भेरी नगरिपालिका एवंम जाजरकोट स्वास्थ्य सेवा कार्यालय संगको समन्वय र गिभ टु एसिया अष्ट्रेलियाको आर्थिक सहयोगमा शिबिर सञ्चालन भएको थियो ।

३ दिने शिबिर सफलतापूर्वक सम्पन्न गरेकोमा सम्मान

यसैबिच भेरी नगरपालिका जाजरकोट र स्वास्थ्य सेवा कार्यालय जाजरकोटले सयूक्त रुपमा एक कार्यक्रमको आयोजना गरि न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई सम्मान प्रदान गरेका छन् । ३ दिनसम्म निशुल्क रुपमा जाजरकोट जिल्लाका नागरिकलाई गुणस्तरिय हाडजोर्नीको उपचार सेवा दिएकोमा प्रशंसा गर्दे सम्मान गरेका हुन् ।

बिदाई कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालले हाडजोर्नीको शल्यक्रिया सहित उपचार सेवा दिएकोमा प्रशंसा गरे । आगामी दिनमा बयालपाटा अस्पतालको टिमले दिएको सेवालाई जाजरकोटमा निरन्तरता दिन प्रयत्न गर्ने उद्द्घोष गरे । बयालपाटा अस्पतालको सिकाई देशका सबै ठाँउमा लागु गर्न सकिने मोडेलको रुपमा रहेकोमा प्रशंसा व्यक्त गरे ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सञ्चालक समितिका अध्यक्ष डम्बर सिंह ठकुरीले बयालपाटा अस्पतालको टिमले जाजरकोट अस्पतालको शल्यक्रिया कक्ष व्यावस्थापन देखि अप्रेसन गर्न सुरु गरेको कामलाई आगामी दिनमा निरन्तरता दिन प्रयास गर्ने बताए ।

यस्तै एमडिजीपी डाक्टर बिनोद दंगालले सहकार्यमा गर्ने कुनै पनि काममा अपनत्वको भाव हुनुपर्ने उल्लेख गरे । समन्वयमा हुने स्वास्थ्य शिबिर लगायतका काममा सहयोगी भुमिका निर्वाह गर्दा अझ बढी राम्रो र कामले सफलता प्राप्त गर्ने बताए । ३ दिने हाडजोर्नी शिबिर सफलतापूर्वक सम्पन्न गरेको भन्दै न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई भेरी नगरपालिका र जाजरकोट स्वास्थ्य सेवा कार्यालयले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए ।