मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा भिरबाट लडेर युवकको मृत्यु

अछाममा भिरबाट लडेर युवकको मृत्यु



टेक बहादुर थापा ः अछाममा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा न १ कुन्तीबण्डाली जैधन निवासी २२ बर्षिय रतन जैगडीको मृत्यु भएको हो ।

हाल रक्तुखोला बस्दै आएका जैगडी घरबाट मंगलसेन नगरपालिका वडा न ७ जनाली ससुराली जानेक्रममा वडा न १ को घोडेढुंगा भन्ने भिरबाट लडेर ज्यान गएको उनका आफन्त जगत जैगडीले जानकारी दिए ।

रोपाइको लागि ससुराली गएर आफन्तलाई ल्याउन जानेक्रममा भिरबाट लडेर ज्यान गएको बताईएको छ ।

सोमबार साझ ४ बजे तिर घट्ना घटेपनि खोजी गर्दा आज मात्रै उनको शव फेला परेको हो । मृतक जैगडीका एक छोरी र श्रीमती छन ।

मृतकको जेठ २३ गते खेतगैरामा अन्तिम दाहसंकार गरिने जगत जैगडीले जानकारी दिए ।