मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाद गाउँपालिकामा उपाध्यक्ष किशोरी सचेतना कार्यक्रम सम्पन्न

तुर्माखाद गाउँपालिकामा उपाध्यक्ष किशोरी सचेतना कार्यक्रम सम्पन्न


अछामको तुर्माखाद गाउँपालिकामा उपाध्यक्ष किशोरी सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोरीहरुका सवाल उनीहरुकै आवाज बाट सुन्ने र किशोरीहरुको नेतृत्व, व्यक्तित्व विकास गर्ने उदेश्यले उपाध्यक्ष किशोरी कार्यक्रमको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष बीमला शाहीले बताउनुभयो ।

आजका किशोरीहरु समक्ष भए मात्रै भोलि समाज सुन्दर हुने भएकाले आगामी दिनमा आफ्नो पालिका भरी रहेका किशोरिहरुलाई यो कार्यक्रममा सहभागि गराई सकृय पार्ने आफ्नो लक्ष्य रहेको उपाध्यक्ष शाहीको भनाई छ । यति मात्रै होईन किशोरि तथा सुनौला हजार दिनका आमाहरुका लागि थप रचनात्मक कार्यहरु समेत अगाडी बढाउने सोही कार्यक्रममा प्रतिबद्धता जनाउनु भएको थियो ।

पालिका भरिका १२ वटा माध्यामिक विद्यालय बाट ११ वटा माध्यामिक विद्यालयका ५५ जना किशोरीहरुको सोमबार पालिकामा भएको उपाध्यक्ष किशोरी सचेतना कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि किशोरीहरुले आफुले घर परिवार समाजमा भोगी रहेका समस्याका बारेमा गुनासो राखेका थिए ।

सोही कार्यक्रबाट बीमला बुढाको अध्यक्षतामा ११ जनाको किशोरी समुह समेत गठन गरिएको छ । किशोरी समुहको उपाध्यक्षमा रमिता चलाउने, सचिव गायत्री न्यौपाने, सहसचिव झरना बयक, कोषाध्यक्ष उर्मिला बुढा लगायतका ११ जनाको समुह गठन गरिएको हो ।

यो समुहले पालिका संग समन्वय गरेर किशोरीहरुका सवालका बारेमा सरोकारवाला संग अन्र्तक्रिया र छलफल गर्ने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जनक थापाले जानकारी दिनुभएको छ ।